×
आइतबार, मङि्सर ०७, २०८३
☰
आइतबार, मङि्सर ०७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुर महानगरद्वारा छात्रवृत्ति प्रदान


  •   आइतबार, फागुन १५, २०७८
  • चितवन । भरतपुर महानगरपालिकाले महानगर भित्रका ६९२ बिद्यार्थीका लागि २० लाख ७६ हजार नगद रकम छात्रबृति वितरण गरेको छ । महानगर भित्रका ६७ वटा बिद्यालयका १ देखी ८ सम्मका लोपउन्मुख तथा अति सिमान्तकृत बालबालिकालाई प्रति बिद्यार्थी ३ हजारका दरले महानगरले छात्रवृत्ति प्रदान गरेको हो ।

    Advertisement

    भरतपुर महानगरको शैक्षिक प्रशासन महाशाखाले आईतबार ११ वटा बिद्यालयका २४० जना बिद्यार्थीको हात हातमा सो रकम प्रदान गरेको छ भने बाकी बिद्यालयका बिद्यार्थीका लागि प्रदान गरिने छात्रबृति रकम बैक मार्फत बिद्यालयको खातामा पठाएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र पौडेलले बताए ।

    महानगर प्रमुख रेनु दाहाल उपप्रमुख पार्वती शाह ठकुरीको हातबाट ११ बिद्यालयका २४० बिद्यार्थीलाई एकै दिन सो रकम हात हातमा हस्तान्तरण गरिएको हो ।लोपउन्मुख तथा अति सिमान्तकृत समुदायका बालबालिकाको शैक्षिक विकासमा सहजता होस भन्ने उदेश्यका साथ भरतपुर महानगरले नेपालमानै पहिलो पटक यति धेरै रकम नगद छात्रबृत्ति दिएको छ ।

    चेपाङंका बालबालिकाले देशमा गणतन्त्र आएपछि पहिलो पटक यति धेरै नगद छात्रबृत्ति नेपालमानै पहिलो पटक भरतपुर महानगरले दिएको चेपाङ अभियान्ता तथा अभिभावक रामलाल प्रजाले बताए ।

    यति धेरै बिद्यार्थीका लागि यति ठुलो रकम सहयोग गर्ने स्थानिय तह भरतपुर महानगर नेपालकै पहिलो स्थानिय तह भएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले बताए । यहाँका मेयर रेनु दाहाल र उपमेयर पार्वती शाह ठकुरीको प्रयासका बाबजुत यो कामले सार्थकता पाएको पौडेल बताउँछन् । महानगरले शिक्षको विकासका लागि महानगरको कुल बजेट बाट १५ प्रतिशत रकम शिक्षामा लगानी गरेको उनले जानकारी दिए ।

    भरतपुर महानगरले महानगरभित्रको शैक्षिक विकासमा धेरै ठुलो रकम लगानी गरेको महानगर प्रमुख रेनु दाहालले बताईन् । विकट मानिएको वडा नम्वर २९ को पहाडका बिद्यालय देखि महानगरका अरु वडाका सबै बिद्यालयका बिद्यार्थीका लागि आबस्यक्ताका आधारमा शैक्षिक बिकास गरेको उनको भनाई छ ।
    बिद्यालयको भैतिक पुर्वाधार विकास , पाठ्य सामाग्रीको प्रर्वदन देखी बिद्यार्थीका लागि छात्रबृति, दिवा खाजा कायक्रम, स्कुल बस बितरण, साईकल बितरण लगाएत अरु धेरै भौतिक तथा आर्थीक सहयोग गरेको दाहालको भनाई छ ।

    आफुहरुले महानगर भित्रको शिक्षाको विकासमा सुरुका चरण देखिनै बिशेष अभियान थालेको र त्यसले विस्तारै पुर्णत पाउदै गएको बताईन् । अहिले सरकारी बिद्यालयमा बिद्यार्र्थी भर्ना हुने क्रम बढेको र सरकारी बिद्यालयको शिक्षाको गुणस्तर धेरै बिकास भएको शाहको भनाई छ । बिपन्न समुदायका बिद्यार्थीको हितमा महानगर निरन्तर लागिरहेको उनले बताईन् ।महानगरले लक्ष्मी माध्यामिक बिद्यालय, जन ज्योती मा बि,बालकुमारी कन्या मा र रामनगर माबिमा कार्यक्रम गरि ११ बिद्यालयका बिद्यार्थी लाई नगद प्रदान गरेको हो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.