×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनमा जिल्ला स्तरीय खेलाडी छनौट गर्न सुरु


  •   शनिबार, फागुन १४, २०७८
  • चितवन । फागुन अन्तिम साता हुने वाग्मती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि चितवनमा जिल्ला स्तरीय खेलाडी छनौट सुरु भएको छ । चितवनमा रहेका सात वटा पालिकाका खेलाडीबाट छनौट भएर आएका खेलाडीहरुलाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागी बनाएर प्रदेश स्तरीय खेलकुदमा सहभागी गराइने जनाइएको छ ।

    Advertisement

    चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्षका रामजी ढकालले प्रदेश खेलकुदका लागि चितवनमा विभिन्न आठ वटा खेलका खेलाडी छनौट सुरु गरिएको बताए । शनिबार र आइतबार एथलेटिक्स र ब्याडमिन्टन खेलका खेलाडीहरुबीच प्रतिस्पर्धा गराएर जिल्ला स्तरीय खेलाडी छनौट गरिनेछ । एथलेटिक्सतर्फ दौड, लङजम्प सहित ट्रयाक एण्ड फिल्ड विधामा गरी १२ जना महिला तथा १२ जना पुरुष खेलाडी छनौट गरिने तथा ब्याडमिन्टनतर्फ ६ जना महिला र ६ जना पुरुष खेलाडीहरु छनौट गरिने ढकालले बताए ।


    ब्याडमिन्टनको छनौट खेल भरतपुरको कभर्डहलमा सञ्चालन भएको छ भने एथलेटिक्स विधिाका सबै खेलहरु भरतपुर–१३ को कल्याणपुरमा रहेको स्मल हेभन स्कुलमा सञ्चालन भएका छन् । त्यस्तै विभिन्न खेलका गरी फागुन १९ गतेसम्म जिल्ला स्तरीय खेलाडी छनौटको काम हुने ढकालले बताए । वाग्मती प्रदेश खेलकुद विकास समितिका सदस्य उत्तम गुरुङले लामो समय खेलकुदका गतिविधिहरु बन्द हुँदा खेलाडीहरुको वृत्ति विकासमा समस्या भएको उल्लेख गर्दै अब खेलकुदका गतिविधि शुरु हुँदा खेलाडीहरुमा उत्साह छाएको बताए ।

    खेलकुदका गतिविधिहरु शुरु हुन थालेपछि स्थानीय तहदेखि नै खेलका कार्यक्रमहरु हुने भएकाले खेलाडीको वृत्ति विकाससँगै आर्थिक क्षेत्र समेत चलायमान हुने गुरुङको भनाइ छ । जिल्ला स्तरीय छनौटमा सहभागी भएका खेलाडीहरु आगामी फागुन २८ देखि चैत ५ गतेसम्म हुने वाग्मती प्रदेश स्तरीय खेलकुद प्रतियोगितमा सहभागी हुनेछन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.