×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

रानाभाट काँग्रेस तनहुँको जिल्ला सदस्यमा मनोनित


  •   शनिबार, फागुन १४, २०७८
  • भिरकोट । नेपाली काँग्रेस तनहुँको जिल्ला सदस्यमा साविक भिर्कोट गाविस (हाल ऋषिङ्ग गाउँपालिका ४) बाट जिल्ला सदस्यमा थप्रेकका भोजराज रानाभाट चयन भएका छन् । उनी यस भेगबाट जिल्ला सदस्यमा अवसर पाउनेमा दोस्रो हुन् । यस अघि जित वहादुर श्रेष्ठ जिल्ल्ला सदस्यमा थिए ।

    Advertisement

    जिल्लाको दक्षिण भेगमा काँग्रेसलाई मलजल, सिँचाई सहित हराभरा गराउन महत्वपूर्ण भूमिका रहेपनि जिल्ला नेतृत्वमा पुग्ने अवसर कमै मात्र मिलिरहेको समयमा यस पटक भने ऋषिङ्ग गाउँपालिका वडानम्वर ४ का वडाअध्यक्ष समेत रहेका रानाभाट जिल्ला सदस्यमा मनोनित भएका हुन् । नेपाली काँग्रेस तनहुँको फागुन १ गते बसेको दोस्रो पदाधिकारी बैठकले रानाभाटलाई आमन्त्रित जिल्ला सदस्यमा मनोनित गरेको छ ।

    २०३८ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य लिएर रुख र चार तारे झण्डाको अभियानमा पुगेका रानाभाट २०४६ सालमा नेपाली काँग्रेस को साधारण सदस्य प्राप्त गरेका थिए ।

    नेपाली काँग्रेसको १२ औँ अधिवेशनबाट भिरकोट गाउँ कार्य समितिको सचिव, नेपाली काँग्रेसको १३ औँ अधिवेशनबाट भिरकोट गाउँ कार्यसमितिको क्षेत्रीय प्रतिनिधि रहेर आफ्नो योगदान दिइसकेका छन् ।

    माओवादीले संचालन गरेको १० वर्षेजनयुद्धका समयमा निकै जोखिम र चर्चित दक्षिणी भेगमा रहेका रानाभाट कुनैपनि डर धम्की त्रासले काँग्रेसबाट विचलित भएनन् ।

    २८ वर्षको शिक्षण पेशाबाट सेवा निवृत्तपश्चात काँग्रेसमा अझ बढी सक्रिय रानाभाट सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति हुन् । नेपाली काँग्रेसबाट उम्मेदवार रहेर २०७४ साल वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनबाट ऋषिङ्ग गाउँपालिका वडानम्वर ४ को वडाअध्यक्ष पदमा अत्याधिक मतान्तरले विजयी हुन सफल भएका थिए ।

    साविककका वडाहरुमध्ये ६ नम्वर वडामात्र झिनो मतान्तरले नेपाली काँग्रेसले विजय प्राप्त गर्ने इतिहास थियो अन्य वडाहरु २,३,४,५ मा कम्युनिष्टहरुको वाहुल्यता थियो ।

    तर भारी मतान्तरले विजयी हुन सफल रानाभाटले सवैलाई गर्ने समान व्यवहार र परेको समस्यामा समाधान गरिदिने व्यक्तिको रुपमा परिचित छन् । उक्त निर्वाचनबाट त्यहाँको जनमतको कदर गर्दे ऋषिङ्ग गाउँपालिका वडनम्वर ४ मा सामाजिक एकता, समान न्याय, फरक मत भएका व्यक्ति र पार्टीका व्यक्तिहरुसँग पनि सहकार्य गर्दै उनले काम गरीरहेका छन् ।

    आफ्ना सहकर्मी, वडासदस्य कर्मचारी र ऋषिङ्ग गाउँपालिकाकाका अध्यक्ष, उपाध्यक्ष र कर्मचारी वीचको सहकार्यमा वडानम्वर ४ मा ५ वर्षको अवधिमा उनले थुप्रै विकास निर्माणका कार्यहरु सम्पन्न गरेका छन् ।

    २८ वर्षको शिक्षण पेशाबाट सेवा निवृत्त पश्चात २०६७ मा औँसरा जुडी सामुदायिक वन समितिको अध्यक्षमा सर्वसम्मत चयन भए रानाभाट । सामुदायिक वन संरक्षणसँगै आम्दानी समेत बढाउन जिल्ला वन सम्म समन्वय गरे । उनी अध्यक्षमा आउनासाथ पहिलो पटक समूहलाई आयमुखी बनाई समूह भित्रका सवै भन्दा कमजोर व्यक्ती छनौट गरी विना व्याज २ बर्षका लागि २२ समूह सदस्यलाई २०६८ मा १०÷१० हजार दिएर तरकारी खेती र पशु पालन व्यवासयमा उत्प्रेरित गराउन सफल भएका थिए ।

    उक्त कार्यक्रम अहिलेसम्म पनि जारी छ । जसबाट धेरै स्थानीयले लाभ लिएका छन् । अहिले उपलब्ध गराइने रकममा पनि बृद्धि गरी प्रति किसान २५ हजार विना व्याज २ बर्षका लागि उपलब्ध गराई पशुपालन व्यवसायका लागि ३२ किसानलाई हरेक वर्ष रकम दिने गरिएको र यसले गरिवी निवारमा सहयोग पुगेको उनले बताए ।

    २०६९ सालमा चालिसे काहुँ झापुटार मोटर मार्गको अध्यक्ष भएर सडकको स्तर उन्नती गर्न सफल भए । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलबाट तत्कालिन सांसद क्षेत्र विकास कोषको ५ करोड लगानी बाट उपलब्ध बजेटले काम सुरु गराउन सके । सवारीबाट खैरेनीटार,भिमाद हुँदै पुग्नुपर्ने वाध्यताको अन्त्य गरी झापुटारबाट सिधै छोटो दुरीमा भिर्कोट आउने सुविधा सुरु भएको थियो ।

    अहिले वडाअध्यक्ष रहदापनि जनताको आवश्यकता र चाहाना अनुसारनै विकासका कार्यहरु भइरहेको उनले बताए । वडाले शिक्षा,स्वास्थ्य,सडक, खानेपानी, रोजगारी सृजनाका लागि विभिन्न सीपमूलक तालिम, विपद जोखिम न्यूनीकरण लगायतका क्षेत्रमा काम भइरहेको बताए ।

    आफूले पुरै जीवननै सामाजिक क्षेत्रमा लगाएको भन्दै काँग्रेस तनहुँले दिएको अवसरले थप हौसला मिलेको बताए । काँग्रेसको जग थप बलियो गराउन आफू लागिपर्ने रानाभाटको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.