×
बिहिबार, कार्तिक ०६, २०८३
☰
बिहिबार, कार्तिक ०६, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनमा सुरुभयो अन्तर्राष्ट्रिय कृषि प्रर्दशनी, मन्त्री हुमागाईद्वारा उद्घाटन


  •   शुक्रबार, फागुन १३, २०७८
  • चितवन । चितवनमा आज (शुक्रबार) देखि चौथो संस्करणको कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी सुरु भएको छ । चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा सुरु भएको प्रर्दशनीको बागमती प्रदेश कृषि मन्त्रि बसुन्धरा हुमागाईले उद्घाटन गरे । मन्त्री हुमागाईले बागमती प्रदेशको कृषि क्षेत्रको विकास गर्न परिकल्पना गरिएको बताउँदै बिभिन्न आयोजनालाई समेट्दै ५१ बुँदे मार्गचित्र तयार पारेको जानकारी दिए ।

    Advertisement

    सरकारले पर्याप्त बजेटको सुनिश्चितता गरे बागमती प्रदेशको कृषिमा क्रान्ति ल्याउन सकिने बताउँदै अहिले भएका स्रोत साधनको अधिकतम प्रयोग गरेर किसानलाई सरकार छ भन्ने अनुभुति हुने गरी कार्यक्रम ल्याउने बताए।

    उनले यस्ता प्रदर्शनीबाट किसानले कृषि यन्त्रका बारेमा बुझ्ने अवसर मिल्ने बताए । कृषिमा यान्त्रीकरणले उत्पादन बढ्ने र लागत घटाउने भएकोले कृषकलाई प्रोत्साहन मिल्ने बताउँदै प्रदर्शनी आवश्यक रहेको बताए ।

    चितवन देशको मध्यभागमा रहेको र कृषिका लागि पनि प्रख्यात भएकोले प्रदर्शनी यहाँ आयोजना गरिएको मिडिया स्पेसका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले बताए । विदेशमा प्रयोग भएका कृषि उपकरणहरुलाई नेपाल भित्राउनु र किसानलाई प्रविधिमैत्री गराउन प्रदर्शनीको मुख्य उद्धेश्य रहेको बताए । प्रदर्शनी सबै खाले क्रिसानका लागि उपयोगी हुने उनको भनाइ थियो ।

    १५ गतेसम्म चल्ने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० भन्दा बढी कृषि सम्बन्धी कम्पनीहरुका स्टलहरु रहेका छन् । कृषिका नविनतम औजार, थोपा सिचाई, बिषादी रहित कृषि उपकरण, केराखेती, कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायतका बिषयमा प्रर्दशनी केन्द्रित रहेको छ ।

    प्रर्दशनीमा होटल तथा रेष्टुँरामा प्रयोग हुने मेसिनहरुको छुट्टै पेरिसर रहेको छ । सो परिसरमा फुड र वेवरेजका ५० वटा स्टल रहेका छन् । प्रर्दशनीमा देशभरबाट उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत कृषकहरुले आधुनिक प्रविधिहरुको अनुसरण र आवश्यक परामर्श लिन सक्नेछन् ।

    प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने स–साना औजार, डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठू–ठूला उपकरणहरु प्रदर्शनमा राखिएको छ ।

    प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगले उत्पादन वृद्धि भई मुलुकलाई आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ । प्रदर्शनीमा कृषकहरुलाई कृषि प्रविधि तथा कृषिका विभिन्न विधाहरुका बारेमा जानकारी तथा कृषि कर्जाको बारेमा परामर्श समेत दिईने छ ।

    प्रदर्शनीले पर्यटन, होटल तथा यातायात मार्फत आर्थिक कारोबार बढ्ने भएकोले कोभिड १९ का कारण थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रदर्शनीको पहिलो संस्करण काठमाडौंमा भएको थियो । त्यसयता लगातार तीन संस्करण चितवनमा आयोजना गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.