×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुर २९ मा खानेपानी समस्या हट्यो


  •   मङ्गलबार, फागुन १०, २०७८
  • चितवन, फागुन १० । चितवनको भरतपुर महानगरपालिका वडानम्वर २९ मा खानेपानी समस्या समाधान भएको छ । उक्त वडामा निर्माण भएको खानेपानी आयोजना आज नगरप्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले उद्घाटन गरेका छन् ।
    सबै भन्दा ठुलो समस्या खानेपानी रहेको बताउने स्थानीय ढोडेनि खानेपानी आयोजनाको उद्घाटन गरिएसँगै खुसी भएका छन् । चौकीडांडा खानेपानी आयोजनाले सफल परीक्षण गरेको र केही महिनामै उद्घाटन गरिने महानगरले जनाएको छ।
    वडाबासीलाई अब स्वच्छ सफा र सबर्सुलभ खानेपानीको सुनिश्चित्ता गर्न पाएको भन्दै नगरप्रमुख दाहालले जनताको आवश्यकता अनुसारनै विकासका कार्यहरु भइरहेको बताइन् ।
    दैलोमा धारा आएसँगै पाँच सय मिटर तल धाउनुपर्ने वाध्यता हटेको छ । खोलाको पानीलाई लिफ्टिङ गरेर माथि ट्याङ्कीमा तानेर घरघरमा धारामा वितरण गरिएको छ ।
    ढोडेनी खानेपानी आयेजनाबाट त्यस क्षेत्रका ८३ घर लाभान्वित हुने भएका छन् ।
    वडा अध्यक्ष मानबहादुर रानाले संघीय सरकारको बजेट एक करोड पाँच लाख, भरतपुर महानगरको ३५ लाख र बाँकी श्रमदान गरी डेढ करोड बढीको लागतमा सम्पन्न भएको बताए । स्थानीय खड्कबहादुर लामाले खानेपानी कार्यालय राख्नको लागि जग्गा उपलब्ध गराए भने चितवनका जग्गा व्यवसायी बामदेव गौलीले ट्याङ्की निर्माणमा सहयोग गरेको वडा अध्यक्ष मगरले बताए ।

    Advertisement

    त्यसैगरी सोही वडाको चौकी डाँडा खानेपानी आयोजनाको पनि पानी वितरणको परीक्षण सम्पन्न भएको छ। यसले वडा नम्बर २९ को धेरै पहाडी क्षेत्रलाई समेटेको छ । ८०० मिटर तलको डुम्री खोलाको पानीलाई लिफ्टिङ गरी थाम डाँडामा ट्याङ्की बनाएर पानी वितरण गरिदै छ। यो आयोजना निर्माणको लागि संघीय सरकारले दुई करोड, प्रदेश सरकारले दुई करोड ३० लाख र श्रमदान गरी चार करोड ९२ लाखको लागतमा सम्पन्न भएको हो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.