×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गण्डकी प्रदेशको ‘लाइफलाइन’ सडकको मुख्यमन्त्री पोखरेलद्वारा डेढगाउँमा शिलान्यास


  •   मङ्गलबार, फागुन १०, २०७८
  • नवलपुर, फागुन १० । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको डेढगाउँमा प्रदेश मार्गको शिलान्यास गरेका छन् । प्रदेशकै लाइफलाइन मानिएको कोरला त्रिवेणी सडकको खण्डमा पर्ने १४ किलोमिटर सडकको आज बौदिकाली गाउँपालिकाको डेढगाउँमा मुख्यमन्त्री पोखरेलले शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा मुख्यमन्त्री सहित पर्यटन मन्त्री मणीभद्र शर्मा कडेँल, भौतिक तथा पूर्वाधार विकास मन्त्री कुमार खड्का, आन्तरिक मामिला मन्त्री डोबाटे विक, प्रदेश सांसद विष्णुप्रसाद लामिछाने, ओमकला गौतम, गाउँपालिका अध्यक्ष दुर्गवहादुर राना लगायतको उपस्थिती थियो ।

    Advertisement

    कालीगण्डकीको पक्की पुलदेखि रुचाङ हुप्सेकोट गाउँपालिकाको झ्यालवाससम्म शिलान्यास गरिएको यो सडक पुग्ने छ । चीनको कोरला नाका देखि त्रिवेणी नाकासम्म जोड्ने सडक, नवलपुरमा भने तनहुँको खैरेनीटार–भिमाद– मानपुर हुँदै फुला सडक खण्डसँग जोडिने छ । अहिले शिलान्यास गरिएको सडकले पूर्णता पाएपछि हुप्सेकोट गाउँपालिकाको झ्यालबास सम्म आइपुग्नेछ ।

    काँग्रेस बौदिकालि गाउँपालिकाका अध्यक्ष केवि रानाका अनुसार डेढगाउँबाट भिमाद २३ किलोमिटर,भिमादबाट खैरेनी ७ किलोमिटर पछि पृथ्वीराजमार्गमा जोडिने र त्यहाँबाट २५ किलोमिटरमा पोखरा पुगिन्छ । शिलान्यास गरिएको ठाउँदेखि करिव ५५ किलोमिटरमै पोखरा पुग्न सकिन्छ । जुन गण्डकी प्रदेशको सदरमुकाम रहेको छ ।
    त्यस्तै दक्षिणतर्फ अर्थात पूर्वपश्चिम राजमार्ग जोडिन शिलान्यास भएको ठाउँबाट ३७ किलोमिटर झ्यालबास र झ्यालबासदेखि करिव १० किलोमिटरमा पूर्वपश्चि राजमार्गमा जोडिन सकिने रानाले जानकारी दिए । यसरी नवलपुरको सदरमुकामदेखि ९२ किलोमिटरमै पोखरा पुग्न सकिने उनको भनाई छ ।साथै चीन र भारत जोडिने सवैभन्दा छोटो सडक समेत भएकाले यो ऐतिहासिक र आर्थिक नाकाले पनि महत्वपूर्ण रहेको बताए ।

    करिव ५१ करोडमा निर्माण हुने सडकको ७ मिटर चौडाइमा कालोपत्रे हुनेछ । झ्यालवास सम्म आइपुगेपछि पृथ्वीराजमार्ग र पूर्वपश्चिम राजमार्ग जोडिने छ । झ्यालवास बाट डण्डा र चोरमारा सम्म सडक निर्माण भइसकेको छ । यही सडकलाई त्रिवेणी जोड्न मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजी बराल, प्रदेश सांसद विष्णु प्रसाद लामिछाने, ओमकला गौतम लगायतको टोलीले यही फागुन ६ गते स्थलगत निरीक्षण गरेको थियो ।

    निरीक्षण कार्यक्रममा बोल्दै पोखरेलले रोकिएको सडक निर्माणको प्रकृया अघि बढेको बताएका थिए । वन मन्त्रालयसँग सहमति लिएर डिपिआर निर्माण र युनेस्कोसँग अनुमति लिन पत्राचार गर्ने काम सुरु भएको जानकारी दिएका थिए । बजेटको कुनै अभाव नहुने मुख्यमन्त्री पोखरेलको भनाई थियो ।

    गाउँपालिका उपाध्यक्ष मायादेवी श्रेष्ठले सडक निर्माणले ग्रामिण क्षेत्रको विकासमा कोशेढुँगा सावित हुने बताइन् । पछिल्लो समय गाउँबाट शहरमा बसाइसराइ गर्नेहरु बढेको भन्दै यसलाई रोक्न पनि शिलान्यास सडक निर्माणलाई गति दिन आवश्यक भएको बताएकी छिन् । साथै गाउँपालिकामा रहेको समस्या जानकारी गराउँदै बजेट विनियोजन गरिदिन मुख्यमन्त्री पोखरेललाई अनुरोध गरिन् ।

    कार्यक्रममा नेपाली काँग्रेस र एमालेले संयुक्त रुपमा मागपत्र पेश गरेर ग्रामिण क्षेत्रको विकासलाई प्राथमिकतामा राखी कला संस्कृति सभ्यता जोगाउन आग्रह गरिएको छ । काँग्रेस गाउँपालिका सभापति केवी रानाले मगर जातीको वाक्लो वस्ती र कालिगण्डकी नदीको किनार भएकाले सभ्यता बचाइराख्ने प्रदेशको योजना यही संचालन गर्न आग्रह गरे । कार्यक्रम जारी रहेको छ ।

    फोटो : पत्रकार गोविन्द लामिछाने

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.