×
शनिबार, बैशाख १९, २०८३
☰
शनिबार, बैशाख १९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

मौरीवासका रानाभाट काँग्रेस तनहुँको प्रदेशसभा २ (२) को आमन्त्रित सदस्यमा चयन


  •   आइतबार, फागुन ०८, २०७८
  • तनहुँ । तनहुँको ऋषिङ ३ मौरीवासका तीर्थराज रानाभाटलाई नेपाली काँग्रेस प्रदेशसभा २ (२) को आमन्त्रित सदस्यमा चयन गरिएको छ । प्रजातन्त्र दिवसका अवसरमा सम्पन्न नेपाली काँग्रेस प्रदेशसभा क्षेत्र नम्बर २(२) तनहुँको बैठकले सो निर्णय गरेको हो ।

    Advertisement

    को हुन् त रानाभाट ?

    रानाभाट ती युवा हुन् जसले जन्मस्थानको विकासमा निरन्तर खटिएर नेपाली काँग्रेसको विस्तार र संगठनमा प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेलेका छन् ।

    ‘महान प्रतिभा लिएर जन्मेका छौँ हामी,जीवन सुन्दर छ जीउन सक्नुपर्छ नशा त हर हरपल हरेक चिजमा छ केवल पीउन सक्नुपर्छ’ यो भनाई धेरैको जीवनमा मेल नहोला तर रानाभाटको हकमा भने मेल खान्छ ।

    ‘जतीसुकै सुविधा सम्पन्न र झिलिमिली भएपनि अर्काको ठाउँ अर्कै हुन्छ । भीर पखेरै भएपनि आफ्नै सालनाल गाडेको भूमि प्राणभन्दा प्यारो हुन्छ । यही केही गरौँ यही मरौँ’ भन्ने अठोटका साथ रानाभाट करिव ८ वर्षको गैँडाकोट तथा चितवनको व्यवस्थित जीवनशैली तथा विद्यालय क्याम्पसको प्राध्यापकको पेशालाई त्यागेर दमौली हानिएका उनी सम्भावना बोकेका युवा हुन् राजनीतिबाट समाजसेवामा लाग्ने उनको अठोट आमन्त्रित सदस्यतामा चयनसँगै थप सुदृढ हुने आकलन गर्न सकिन्छ ।

    काँग्रेसको राजनीतिबाट गाउँको विकास र युवाहरुमा राजनीतिक चेत बढाउन उनी यहाँको सुविधायुक्त जीवनशैलीलाइ त्यागेर दमौलीमा हानिएका थिए । आमा मनुमाया रानाभाट,श्रीमती विष्णु र छोरा सुयोगले पनि यो उद्देश्यलाई मूर्तरुप दिन थप सहयोग पुर्याएको रानाभाट बताउँछन् । गैँडाकोटमै घर समेत बनाएका उनलाई धेरैले अझैपनि किन गैँडाकोट छोडेको भनी प्रश्न गरिरहन्छन् । तर कुनैसमय पहाडकै कारण विकासमा पछि परेको मौरीवासको समृद्धिका लागि पनि आफू जन्मभूमि फर्कीएको रानाभाटले बताए । त्यसमाथि पार्टीले दिएको जिम्मेवारीले थप प्रेरणा मिलेको उनी बताउँछन् ।

    साविक बैदी गाविस वडानम्वर ३ दुबुङ स्थित शान्ति प्रावि (हाल आधारभूत) बाट प्राथमिक शिक्षा र आदर्श मावि देवघाट २ खाल्टे तनुहँबाट माध्यामिक शिक्षा  सुरु गरेका रानाभाटको पारिवारिक वातावरण नै काँग्रेसको राजनीतिसँग जोडिएको छ । मावली तर्फका हजुरबुबा शिवलाल रानाभाट २०२८ सालमा बैदी गाउँ पञ्चायत उप–प्रधानपञ्च तथा पीता तुल वहादुर रानाभाट २०३६ सालमा बैदी गाउँ पञ्चायतको उप–प्रधानपञ्च, २०४९ सालमा वडा अध्यक्ष हुँदै जिल्ला विकास समिति तनहुँको सदस्यमा रहेर लामो समयसम्म समाजसेवा र राजनीतिमा व्यतित् गरेका थिए । यो कारण पनि रानाभाटले सानै उमेरदेखि काँग्रेसको राजनीति बुझ्ने मौका पाए । वाल्यकालदेखिनै चासो राख्ने उनी हजुरवुवा र बुवाका साथीहरुको राजनीतिक भेटघाट तथा छलफलले समेत राजनीतिक चेतको प्रभाव परेको देखिन्छ ।

    काँग्रेसी राजनीतिक परिवारमा नसाको रुपमा पसेको दावी गर्ने उनी आफ्नो छोराले ९ वर्षकै उमेरमा काँग्रेसप्रति देखाएको माया र सद्भाव अझै सम्झन्छन् । उनी भन्छन्,“छोरा सुयोगले आमा विष्णुमाया थापासँग अन्य छिमेकीको घरमा सूर्य चिन्हअंकीत झण्डा टाँग्दा हाम्रो घरमा टाँगे च्यातिदिने र काँग्रेसको झण्डा टाँग्नुपर्छ भन्दै नेपाली काँग्रेस जिन्दावाद, एमाले मुर्दावाद, भोट के मा रुखमा भन्दै आफू सरहका साथीहरु बोलाई नारानै लगाएका थिए । ” यसले पनि रानाभाटको काँग्रेसी राजनीतिक कति गर्विलो छ भन्ने पुष्टि गर्दछ ।

    आदर्श माविमा अध्ययन गर्दा २०४८ सालमा नेविसंघ इकाई सचिव,२०५१ सालमा नेविसंघ इकाई अध्यक्ष र २०५० सालमा नेपाल जुनियर रेडक्रस सर्कलको अध्यक्ष रहेर जिम्मेवारी निभाएका रानाभाट आदिकवि भानुभक्त क्याम्पस र त्रिभुवन विश्वविद्यालय किर्तीपुरमा अध्ययन गर्दा नेविसंघको राजनीतिमा सक्रिय थिए । २०६२/०६३ को जनआन्दोलन भाग २ मा नेविसंघको तर्फबाट किर्तीपुर तथा कलंकीको आन्दोलनमा सक्रिय सहभागी हँुदा प्रहरीको लाठी तथा अश्रुग्याँसको सिकार समेत हुनुपरेको थियो । विभिन्न समयमा संचालित संसदीय तथा स्थानीय निर्बाचनमा स्वयम्सेवक,प्रतिनिधि तथा नेपाली काँग्रेस तनहुँ जिल्ला अधिवेशनको प्रतिनिधि चयनका लागि साविक बैदी गाबिस तनहुँको प्रमुख निर्वाचन अधिकृतमा रहेर विस २०५७ र २०६१ मा सफलतापूर्वक आफ्नो जिम्मेवारी निभाएका थिए । उनले पार्टीप्रतिको बफादारीता प्रमाणीत गरिसकेका छन् ।

    अध्ययनमा समेत रानाभाट उत्तीकै सीपालु थिए । मौरीवास जस्तो विकट ठाउँमा जन्मिएर पनि विद्यालयमा सधैँ उत्कृष्ट हुन्थे । काँग्रेस भएकै कारण आफैले पढेको विद्यालय आदर्श मावि बैदीमा एसएलसीपछि कक्षा १० सम्म ६ महिना स्वयम्सेवक शिक्षकको रुपमा सेवा गरे । उनी भन्छन्,“दलेबले मण्डलेको झुण्डले विकेन्द्रकृत र स्थानीय स्वायत्तताको खोक्रो ढ्वाङ फुकेर मावि तहको अग्रेजी विषयको शिक्षक छनौटमा म माथि घात गरियो । स्नातक तह उत्तीर्ण नै नगरेका परीक्षक नियुक्त गरी म माथि षडयन्त्र गरियो ।” यो घटनाले पनि आफूलाई अझ प्रष्ट,सक्रिय, खरो र स्पष्ट रुपमा काँग्रेसको राजनीतिक मैदानमा उत्रन प्रेरणा मिलेको उनी बताउँछन् । त्यसपश्चात शहिद गंगा माध्यामिक विद्यालय काहुँशिवपुर तनहुँमा अग्रेजी विषय पढाएर सरकारी सेवा सुरु गरेका रानाभाट सोही विद्यालयको शिक्षक संघ सदस्य, नेपाल जुनियर रेडक्रस सर्कलको शिक्षक नायकको भूमिका बहन गरे ।

    त्यहाँको सेवापछि नवलपुर तथा चितवन बसाई आएका रानाभाट गैँडाकोट इग्लिस स्कूलको प्राचार्य,सूर्यविनायक वोर्डिङ स्कूल गैँडाकोटको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, ईसान नवलपुरका सचिव,गैँडाकोट जेसीजको उपाध्यक्ष,अकला युवा क्लव ऋषिङ ३ मौरीवासको सचिवमा रहेर काम गरेको पोख्त अनुभवले पनि उनमा कार्यकुशलता प्रष्ट देखाउँछ । यसले काँग्रेसको संगठन विस्तार र गाउँगाउँमा काँग्रेसको विचार सिद्धान्त दरिलो रुपमा प्रस्तुत गर्न थप हौसला मिलेको उनी बताउँछन् ।

    यी सवै अनुभव र सीपले क्षेत्रनम्वर २ को २ मा काँग्रेस बलियो गराउन इट्टा थपिने धेरैको विश्वास छ । नीति हराएको नैतिकता, विधि हराएको वैधानिकताको विरुद्धमा खरो आवाज उठाउने रानाभाट सम्पूर्ण वृद्ध,वुवाआमा,साथीभाइ तथा भाइवहिनीहरुका ओँठमा लगाइएको भोटे ताल्चा र खुट्टामा बाँधीएका जन्जिरहरु तोडेर राजनीतिमा सक्रियरुपमा लाग्न आह्वान गर्छन् । उनी भन्छन्,“राजनीति चेत भएको नागरिक आजको आवश्यकता हो । सही राजनीति भयो भनेनै देशले विकासको मार्ग पहिल्याउँछ । त्यसैले काँग्रेसले ल्याएको प्रजातन्त्र, लोकतन्त्र,गणतन्त्रकोे अभियानमा जोडिएर समाजवादको यात्रामा लाग्न सवैलाई आह्वान गर्दछु ।”

    मनको आँखाले हेर्ने र दिमाखको भरमा बाँच्ने अभ्यास गराउनुपर्नेमा उनको जोड छ । यही आत्मियता आफूले कमाएको र नभिजाइकन राख्नुपर्ने पूँजीको रुपमा व्याख्या गर्छन् ।

    शिक्षक संघ तनहुँको क्रियाशील सदस्य रहेर सक्रिय योगदान दिएका उनी बिगत १२ वर्षदेखी नेपाली काँग्रेसको क्रियाशील सदस्य हुन् । अहिले आदिकवी भानुभक्त क्याम्पस भादगाउँ तनहुँमा अग्रेजी विषयका सहायक प्रध्यापक रहेका रानाभाट आमन्त्रित सदस्यमा मनोनित गरेर पार्टीले थप जिम्मेवार बनाएको भन्दै निर्देशन अनुसारको गतिविधिमा सक्रिय भई लाग्ने  बताए । देशको विकास र निकासको माध्यमनै काँग्रेस र यो पार्टीले लिने नीति भएको भन्दै नडगमगाइकन मन, वचन र कर्मले पार्टीको निर्देशनलाई पालना गर्दै गाउँ शहरमा काँग्रेसको सिद्धान्तलाई थप विस्तार गर्ने बताए ।

    नेपाली काँग्रेस जिल्ला कार्यसमितिका उप–सभापति तथा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले रानाभाटमा नेतृत्वदायी क्षमता रहेको भन्दै काँग्रेसले प्राज्ञिक क्षेत्रका व्यक्तिहरुलाई पार्टीमा स्थान दिँदै जाने बताए । रानाभाटको सक्रियता, ज्ञानले पार्टीलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै शुभकामना दिएका छन् ।

    क्षेत्रीय सभापति इन्द्र आलेले प्राज्ञिक क्षेत्रको व्यक्तिलाई सदस्यमा ल्याउन पाउँदा खुसी लागेको बताए । अध्ययन गरेको व्यक्ति राजनीतिमा आउनु हुन्न भन्ने सोचलाई जरैबाट उखेल्न पनि अहिलेको निर्णय गरिएको आलेको भनाई छ । अव काँग्रेसलाई जनचाहाना,आवश्यकता र भावनाअनुसार गति दिन मद्दत मिल्ने विश्वास उनको छ । दक्षिण भेगमा जनताका लागि अझैपनि धेरै काम गर्न वाँकी रहेको बताउदै आफू नेतृत्वको समिति बलियो बनाएर काम सुरु गर्ने उनको भनाइ छ । त्यसका लागि विभिन्न निर्णय समेत गरिएको छ।
    समितिको हिजोको बैठकले रानाभाट सहित ऋषिङ्ग १ का रिमबहादुर आले, भिमाद ५ का देवी अधिकारी, भिमाद ६ का ज्ञानबहादुर थापालाई आमन्त्रित सदस्यमा चयन गरेको छ । त्यस्तै ऋषिङ १ की वसन्ती थापा,भिमाद ५ का ज्योति गैह्रलाई सदस्यमा मनोनित गरिएको क्षेत्रीय सभापति आलेले जानकारी दिए ।

    साथै बैठकले फागुन १९ गते प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रम गर्ने,प्रजातन्त्र दिवसको अवसरमा शहीदहरूको योगदानको सम्मानस्वरूप उहाँहरूको सपना साकार पार्न सिद्धान्त र सँस्कारसहितको लोकतान्त्रिक राजनीतिमार्फत् समुन्नत नेपाल र खुशी नेपालीको लक्ष्य हासिल गर्न संकल्प प्रस्ताव गर्ने र आसन्न स्थानीय (एवं अन्य) निर्वाचन तथा संगठन सुदृढीकरणलाई मध्यनजर गरी “वडा जोगाऔं, वडा जिताऔं“ अभियान सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.