×
शनिबार, बैशाख १९, २०८३
☰
शनिबार, बैशाख १९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

लायन्सको डिष्ट्रिक ३२५ बी २ लाई चार क्षेत्रमा विभाजन, सवैका पदाधिकारी चयन


  •   शनिबार, फागुन ०७, २०७८
  • गैँडाकोट । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ को दशौं महाधिवेशन आज गैडाकोटमा सम्पन्न भएको छ । महाधिवेशनपछि डिष्ट्रिक ३२५ बि २ लाई ४ वटा डिष्ट्रिकमा पुर्नसंरचना गरिएको छ । डिष्ट्रिक ३२५ बि २ अब डिष्ट्रिक ३२५ एन क्रमशः डिष्ट्रिक ३२५ पी, आर र एस भएका छन् । आजको महाधिवेशनले हरेक डिष्ट्रिकका गर्भनर, प्रथम भाईस डिष्ट्रिक गर्भनर र द्धितिय भाईस डिष्ट्रिक गर्भनरको चयन गरेको छ ।

    Advertisement

    डिष्ट्रिक ३२५ आर को गर्भनरमा सिद्धार्थलाल चुके, प्रथम भाईस डिष्ट्रिक गर्भनरमा आर एस महतो र द्धितिय भाईस डिष्ट्रिक गर्भनरमा दिनानाथ न्यौपाने निबिरोध निर्वाचित भएका हुन । नवनिर्वाचित गर्भनर चुकेले आजै डिष्ट्रिकको सचिबमा राजेन्द्र गौतम र कोषाध्यक्षमा सुरेश कुमार श्रेष्ठलाई मनोनयन गरेका छन् ।

    डिष्ट्रिक ३२५ एनको गर्भनरमा सि बि चन्द, प्रथम भाईस डिष्ट्रिक गर्भनरमा मुकुट ढकाल तथा द्धितिय भाईस डिष्ट्रिक गर्भनरमा बिनोद कुमार श्रेष्ठ निबिरोध निर्वाचित भएका छन् ।
    यस्तै डिष्ट्रिक ३२५ एस को गर्भनरमा अमर बहादुर श्रेष्ठ , द्धितिय भाईस डिष्ट्रिक गर्भनरमा टासी डोल्मा तुम्बाहाम्फे निबिरोध निर्वाचित भएका हुन भने प्रथम भाईस डिष्ट्रिक गर्भनरमा मा डि एन अग्रवाल निर्वाचित भएका छन् । अग्रवालसँग उमेश शाह कानु प्रतिस्पर्धामा थिए । अग्रवालले १३२ मत ल्याई बिजयी हुदा कानुले २८ मत प्राप्त गरेका थिए ।

    त्यस्तै गरी डिष्ट्रिक ३२५ पी को गर्भनरमा नवराज न्यौपाने निर्वाचित भएका छन् । न्यौपानेले १८१ मत प्राप्त गरी निर्वाचित हुदा प्रतिस्पधी उमङ्ग देवकोटा १२२ मत प्राप्त गरेका थिए । डिष्ट्रिक प्रथम भाईस डिष्ट्रिक गर्भनरमा अर्जुनमान सैंजु निविरोध निर्वाचित भएका छन् । द्धितिय भाईस डिष्ट्रिक गर्भनरमा ३ जना प्रतिस्पर्धी रहेकोमा पुरुषोत्तमभक्त प्रधानाङ्ग १६८ मत प्राप्त गरी बिजयी बनेका छन् । उनका प्रतिस्पर्धी बलराम भट्टराई १३२ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक डिके ढुंगानाले जानकारी दिए ।

    नारायणी रिसोर्टम भएको उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्व अन्तराष्ट्रिय निर्देशक सञ्जय खेतान रहेका थिए । प्रमुख अतिथि खेतानले महाधिवेशनका अवसरमा प्रकाशित स्मारिकाको बिमोचन गर्नुका साथै उत्कृष्ट कार्यगर्ने लायनहरुलाई सम्मान समेत गरेका थिए । डिष्ट्रिक ३२५ बि २ का सचिब प्रभाकर पण्डित एवं कोषाध्यक्ष नारायणप्रसाद शर्माले प्रस्तुत गरेको आ—आफ्नो प्रतिवेदन सभाले अनुमोदन गरेको थियो ।

    कोभिडका कारणले मतदातालाई मात्र उपस्थित गराई महाधिवेशन सम्पन्न गरिएको महाधिवेशन मुल आयोजक समितिका संयोजक बाल गोपाल चुकेले बताए । महाधिवेशन डिष्ट्रिक ३२५ बि २ का गर्भनर राम प्रसाद भट्टको सभापतित्वमा सम्पन्न भएको थियो । नयाँ निर्वाचित कार्यसमितिले आउदो जुलाई महिनाबाट आफ्नो कार्यकाल शुरु गर्ने छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.