×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

संसद अवरोध हुनुमा दुवै दोषी छन्, चाँडै संवादगरी अवरोध हटाउनुपर्छ : नेता गुरुङ


  •   शनिबार, फागुन ०७, २०७८
  • चितवन, फागुन ७ । नेपाली काँग्रेसका उप–सभापति धनराज गुरुङले सत्तापक्ष र प्रतिपक्ष दुवै दोषि भएकाले संसद अवरोध कायमै रहेको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरागर्दै नेता गुरुङले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद हुनुपर्ने सैद्धान्ति मान्यता विपरीत अहिले दोषारोपणमा दलहरु रहेको बताए ।

    Advertisement

    सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा बसेर अवरोध हटाउनुपर्ने अन्यथा संसदीय व्यवस्थाप्रतिनै जनतामा नकारात्मक सन्देश जाने गुरुङले बताए । गुरुङले भने,“ प्रतिपक्षले संसदमा सरकारको कमी कमजोरी पत्ता लगाएर नाङ्गेझार पार्नुपर्ने हो तर यहाँ त संसदनै अवरोध भइरहेको छ जुन गलत छ । दुवै मिलेर अवरोध अन्त्य गर्नुपर्छ । ”

    साथै गुरुङले एमसीसीबारे नेपाली राजनीतिक दलहरु विभाजित नभई एकै ठाउँमा उभिएर निर्णय लिनुपर्नेमा जोड दिएका छन् । नेताहरुकै कारण विदेशीराष्ट्रहरु समेतले अभिव्यक्ति दिन थालेको भन्दै कहिले चीन त कहिले भारतको आँखाबाट नभई नेपाल र नेपाली जनताको आँखाबाट यस विषयलाई हेर्न आग्रह गरे ।
    नेपाली नेताहरुकै कमजोरीका कारण एमसीसीवारे विदेशीहरु बोल्न थालेको बताए । नेता गुरुङले नेपाल र नेपाली जनताको हितमा छ की छैन भन्दापनि विदेशी देशहरुको आँखाबाट नेताहरुले बोल्न थाल्दा अहिलेको अवस्था आएको बताए ।

    पछिल्लो समय विवादीत बनिरहेको एमसीसीलाई आफ्नै देशको आँखाबाट हेर्न उनको आह्वान छ । एमसीसी राष्ट्रिय अनतराष्ट्रिय मुद्दा बनिरहदा सत्तापक्ष र प्रतिपक्ष नभनि सवै एक ठाउँमा उभिएर निर्णय लिनुपर्नेमा उनको जोड थियो ।

    गुरुङले भने,“नेपाली नेताहरु त आफ्नै देश र जनताको हितमा बोल्नुपर्छ । तर एमसीसीको सन्दर्भमा शक्ति राष्ट्रहरु बोल्न थाल्नु नेताहरुकै कमजोरी हो । एमसीसीलाई देखाएर केहिले चीनको लागि कहिले भारतका लागि बोल्छौँ जुन गलत हो । ”

    नेता गुरुङले एमसीसीको प्रारम्भिक चरणदेखि हालसम्म विप्लव,मजदुर किसान पार्टी र सिके राउत वाहेक अन्य सवै दल कुनैकुनै रुपमा संलग्न भएकाले दोषारोपण नभई नेपालको हितमा भए पास गर्न अन्यथा नगर्न छलफल गर्नुपर्ने बताए ।

    पछिल्लो समय भीम रावलले दिने अभिव्यक्तिप्रति इगित गर्दै नेता गुरुङले रावल उप–प्रधानमन्त्री हुँदा एमसीसी कार्यान्वयनको चरण अगाडि बढाएको भन्दै सत्तामा हुँदा राष्ट्रघात नहुने अहिले बाहिर हुँदा हुने भन्दै कतै अन्य देशको आँखाबाट यसलाई हेरिएको त होइन भन्ने आशंका व्यक्त गरे । उनले भने ,“भीम रावल स्वयम् मन्त्रीपरिषदको सदस्य । त्यो समय एमसीसी कार्यान्व्यन अघि बढेको थियो । त्यतिवेला किन विरोध नगरिएको त ? त्यसैले चीनको आँखाबाट उहाँले बोलेको त होइन भन्ने आशंका छ । ”

    साथै गठवन्धनवारे बोल्दै नेता गुरुङले सरकारको एजेण्डामा सहमति हुन नसक्ने भए सरकारबाट बाहिरीन सुझाव दिए । एजेण्डा मिल्दा सम्म सँगै बस्न अन्यथा बाहिरिन गुरुङले सुझाव दिएका हुन् ।

    नेता गुरुङलाई गैँडाकोटका काँग्रेस नेताहरुले स्वागत गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.