×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

धुवाँरहित चुलो पाएपछि इच्छाकामना तोवाङका चेपाङ खुसी


  •   आइतबार, फागुन ०१, २०७८
  • फागुन १ गते । चितवनको इच्छाकामना तोवाङका चेपाङ समुदायलाई सपना भिलेज सोसियल इम्प्याक्टले धुवाँरहित चुलो दिएको छ । इच्छाकामना गाउँपालिका २ तोवाङ स्थित भुलभुले टोल बिकास समितिका ६५ घरधुरीलाई बायोमास धुवाँरहित चुलो प्रदान गरिएको हो । भुलभुले आधारभूत विद्यालयमा एक कार्यक्रमको आयोजना गरि उनिहरुलाई चुलो हस्तान्तरण गरिएको थियो ।

    Advertisement

    थोरै दाउराले खाना पकाउन मिल्ने ,धुवाँ पनि कम आउने,बन बाताबरण संरक्षण गराउने उदेश्यले धुवाँरहित चुलो प्रदान गरिएको सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरिले बताए । सो चुलोको बजार मुल्य ५ हजार ५ सय छ ।

    स्थानीय तिलु प्रजाको समन्वयमा तथा टोल बिकास संस्थाका अध्यक्ष अविन्द्र चेपाङको रोहवरमा चुलो बितरण गरिएको हो । चुलो प्राप्त गरेपछी स्थानीय चन्द्रमाया चेपाङले खुसी हुँदै धुवाँरहित चुलोले स्वास्थ्य असर नगर्ने र दाउराका लागि सधैं बन धाउन नपर्ने बताईन ।

    आइतबारनै भुलभुले रास्ट्रिय आधारभुत विद्यालयका विद्यार्थीहरुलाई १ लाख तेह्र हजार बराबरको न्यानो कपडा बितरण गरिएको सपना भिलेज सोसियल इम्प्याक्टका परियोजना कोअडिनेटर मीन सापकोटाले जानकारी दिए । बाल बिकास कक्षा देखि कक्षा तीन सम्म अध्ययन हुने भुलभुले विद्यालयमा ६५ जना अध्ययनरत छन् ।

    सपना स्कुलकि अध्यक्ष बर्षा पुरी सहितको टोलि चुलो र न्यानो कपडा बितरणका लागि तोवाङ पुगेका थिए । सोसियल इम्प्याक्टले सोही विद्यालयमा बिगत एक बर्ष देखि खाजा कार्यक्रम संचालन गरिरहेको छ भने एक महिना अघि पनि न्यानो कपडा बितरण गरेको छ । साथै त्यस ठाउँमा खानेपानीका लागि २० वटा ट्याङ्की समेत निर्माण गरिदिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.