×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

घटनाचक्र समाचार प्रभावः विद्यार्थीलाई सर्टिफिकेट दिने ज्ञानोदय माविको निर्णय


  •   आइतबार, फागुन ०१, २०७८
  • डोलराज रानाभाट, गैँडाकोट । अन्ततः कावासोती नगरपालिका वडानम्वर ८ मा रहेको ज्ञानोदय माध्यामिक विद्यालयले एसइई उत्तीर्ण भएका विद्यार्थीहरुलाई सर्टिफिकेट दिने निर्णय गरेको छ । शुक्रवार घटनाचक्र डटकममा समाचार आएपछि विद्यालयले उक्त निर्णय गरेको हो ।

    Advertisement

    यस विद्यालययबाट २०७७ मा एसइई उत्तीर्ण भई अन्यत्र कलेज अध्ययन गरेका विद्यार्थीले प्रमाणपत्र माग गर्दा विद्यालयले दिएको थिएन । सोही गुनासो विद्यार्थीहरुले घटनाचक्रलाई बताएपछि प्रमुख जिल्ला अधिकारी, विद्यार्थी, विद्यालयका प्रधानाध्यापकको जवाफ सहितको समाचार प्रकाशन भएको थियो । आज आइतवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेश्वर भट्टराइको अध्यक्षतामा बैठक बसेर शैक्षिक सत्र २०७७ मा एसइई परीक्षा उत्तीर्ण गरेका विद्यालयमै रहेको संकाय अन्यत्र अध्ययन गरेपनि प्रमाण पत्र प्रदान गर्ने तथा आगामी वर्षदेखि कलेजहरुले एसइई को प्रमाणपत्र विना कक्षा ११ मा भर्ना नलिन अनुरोध गर्ने निर्णय समेत भएको छ।

    सर्टिफिकेट दिने निर्णय गरेसँगै आफूहरुलाई खुसी लागेको विद्यार्थीहरुले बताएका छन् । चार चार महिना धाउँदा पनि नपाएको प्रमाणपत्र अव पाउने उनीहरुको भनाई छ । यता प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले  राम्रो निर्णय गरेको भन्दै आगामी दिनमा अन्य विद्यालयले पनि त्यसरी विद्यार्थीलाई दुख दिन नहुने बताए । आफूले शिक्षा विकास तथा समन्वय इकाई मार्फत विद्यार्थीको समस्या समाधान गर्न लगाएको जनाए ।
    विद्यालयका प्रधानाध्यापक चेतनाथ अधिकारीले सर्टिफिकेट नदिने कानुनी प्रावधान कहिँ नरहेको र आफूहरुले कहिल्यै रोकतोक नगरेको बताए । तर विद्यालय पनि संचालन गर्नुपर्ने कतिपय व्यवहारिक कठिनाइले केही समस्या भएको उनको भनाई छ । ठूला कलेजहरुले साना विद्यालयलाई नटेर्ने प्रवृत्ति हावी रहेको भन्दै यसतर्फ कलेजहरु स्वयम् र सम्वन्धीत निकायले पनि समयमै ध्यान दिन आग्रह गरे ।

    भर्ना हुने समयमै उत्तीर्ण प्रमाणपत्र ल्याउन अनिवार्य गरेको भए अहिलेको समस्यानै नआउने उनको भनाई छ । आगामी वर्षहरुमा यसतर्फ ध्यान दिन सम्वन्धीत कलेज तथा प्रशानलाई समेत आग्रह गर्दै विद्यालयले पनि सो सम्वन्धी आग्रह गर्ने अधिकारीले बताए ।

    साथै व्यवस्थापन समितिको निर्णय आफूले कार्यान्वयन गर्ने र निर्णय अनुसार प्रमाणपत्र लिन चाहाने विद्यार्थीले लेखा शाखामा गई आवश्यक प्रकृया पूरा गरेपनि सहजै उपलब्ध गराइने जानकारीदिए ।

     

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.