अमलटारी, नवलपुर माघ २९ । नेपाल पत्रकार महासंघ नवलपुरकाे आयाेजनामा दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु भएकाे छ।
अमलटारी हाेमस्टेमा संचालित तालिममा प्रशिक्षक अखण्ड भण्डारीले पत्रकारितामा प्रयाेग भइरहेका भाषा र कानुनबारे प्रशिक्षण दिएका हुन् । सरल, सवैले सजिलै बुझ्ने भाषा प्रयाेग गर्नुपर्ने र समाचारले कुनै वर्गलाई हाेच्याउने नभई तथ्यमा आधारित भएर पत्रकारिता गर्नुपर्नेमा उनकाे जाेड थियाे ।
कार्यक्रममा बाेल्दै महासंघ नवलपुरका अध्यक्ष बीरेन्द्र पराजुलीले जिल्लाका पत्रकारहुकाे क्षमता बढाउन तालिम आयाेजना गरेकाे र यसले लेखन तथा प्रकाशन प्रसारणमा भाषिक शुद्धता सुधार हुनेमा विश्वस्त रहेकाे बताए । साथै कावासाेती नगरपालिकाले समन्वय र सहयाेग गरेकाे भन्दै आभार व्यक्त गरे । अाफू नेतृत्वमा आउनासाथ महासंघकाे भवन निर्माण गर्ने बाचा अनुसार विभिन्न प्रकृयाहरु पूरा गर्दै गएकाे जानकारी दिए । तील तले भवन निर्माणका लागि नक्सा बनाउने काम सुरु भएकाे उनकाे भनाइ छ ।
कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा सहित पत्रकारहरुकाे सहभागीता रहेकाे थियाे ।
तालिम भाेलि सकिने छ।



