गैँडाकोट । यसवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ । वोर्डले परीक्षा तालिका समेत सार्वजनिक गरेको । बुधबार परीक्षा बोर्डको बैठक बसेर मिति तय गरेको थियो ।
Advertisement
कोरोना महामारीले पठनपाठन प्रभावित भएको जनाउँदै बोर्डले नियमित समयभन्दा एक महिना ढिलो हुने गरी परीक्षा सञ्चालन गर्न लागेको हो ।
बैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई समेत लक्षित गरेर वैशाख ९ गतेदेखि परीक्षा संचालन गर्न लागिएको बोर्डले जनाएको छ । स्थानीय तहको चुनावसँग नजुध्नेगरी मिति तय भएको बताइएको छ ।




