×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

जनक नमुना मावि गैंडाकोटको विज्ञान प्रयोगशाला भवनको शिलान्यास


  •   आइतबार, माघ २३, २०७८
  • नवलपुर,गैंडाकोट माघ २३ । नवलपुरको गैंडाकोट ५ मा अवस्थित जनक नमुना माविको विज्ञान प्रयोगशाला भवनको आज शिलान्यास गरिएको छ। सरस्वती पुजाको अवसर पारेर नमुना विद्यालय निमार्ण भइरहेको कांग्रेस चोक नजिकैको चौरमा सो विज्ञान प्रयोगशाला भवनको शिलान्यास भएको हो ।

    Advertisement

    विद्यालयका संस्थापक,विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष,बरिस्ठ समाजसेवी एवम् जग्गादाता परिवारका सदस्य मदनभक्त अधिकारीले भवनको शिलान्यास गर्दै गरिव जनताका छोराछोरीले सहजै गुणस्तरीय शिक्षा पाउने दिन आएको बताउनुभयो । आफूहरुले विस २०२९ सालमा निःशुल्क उपलब्ध गराएको जमिनमा सुविधासम्पन्न भवन सहित गुणस्तरीय शिक्षाको थालनी हुन लागेकोमा खुसी लागेको उहाँको भनाई थियो । आफूहरुले रुखको छहारी खोज्दै पढ्नुपरेको अवस्था सम्झदै उहाँले अहिले सुविधा सम्पन्न भवन बनेकाले विज्ञान सहितको शिक्षा प्राप्तिमा ठूलो सहयोग मिल्ने बताउनुभयो ।

    अधिकारीका पिता सुर्यभक्तले ३ विघा जमिन विद्यालयलाई निःशुल्क उपलब्ध गराउनुभएको थियो । अहिले सो जमिनको बीच भागमा सुविधा सम्पन्न दुईवटा शैक्षिक भवन निर्माण भइसकेको वडाअध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज कडेंलले जानकारी दिनुभयो ।

    सवै प्रकारका आर्थिक अवस्था रहने परिवारका वालवालिकाले निशुल्क गुणस्तरीय सरकारी शिक्षा हासिल गर्ने वातावरण बनेको भन्दै आगामी शैक्षिकसत्रदेखि कक्षा सुरु हुने बताउनुभयो । विज्ञान प्रयोगशाला निर्माणपछि विद्यार्थीहरुले अन्तर्राष्ट्रिय शिक्षासंग प्रतिस्पर्धा गर्न सक्ने भन्दै नमुना विद्यालय बनाउन जनप्रतिनिधि र नगरपालिकाबाट पनि निरन्तर सहयोग समन्व्य भएकाले यो सम्भव हुँदै गएको जानकारी दिनुभयो ।

    शिक्षा विकास तथा समन्वय ईकाइ नवलपरासीका प्रमुख डोलराज पाण्डेले विद्यालय नेपाल अधिराज्यकै नमुना विद्यालय वन्न शुभकामना दिँदै नैतिक शिक्षाका लागि हरेक दिन प्रेरणादायी वचनहरु राख्ने प्रणालीको सुरुवात गर्न सुझाव दिनुभयो ।

    पछिल्लो समय विकसीत प्रवधिले विद्यार्थीमा समस्या सृजना भईरेको भन्दै अभिभावकमा समेत यसवारे सचेत गराउनुपर्नेमा जोड दिनुभयो । साधन स्रोतले सम्पन्न भएकाले विज्ञान विषय पढ्नैका लागि गैंडाकोट छोड्नुपर्ने वाध्यताको अन्त्य भएका तर यसको विश्वास विद्यालयले विद्यार्थी र अभिभावकलाई दिलाउनुपर्ने बताउनुभयो ।

    अभिभावक संघका अध्यक्ष शंकरनाथ आचार्यले व्यस्थित ल्याव र गुणस्तीय शिक्षा नहुँदा विज्ञान विषय पढ्न भरतपुर काठमाण्डौ लगायतका ठाउँमा जानुपर्ने वाध्यताको अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

    विद्यालयका प्राचार्य चुडामणि शर्मा कडेँलले जिल्लामै धेरै विद्यार्थी रहने जनक मावि रहेको भन्दै आध्यात्मिक सहित वैज्ञानिक शिक्षा प्रदान गर्ने बताउनुभयो । नमुना विद्यालय निर्माण गर्ने गुरुयोजना अनुसारनै विज्ञान प्रयोगशाला बन्ने उहाँको भनाई छ । कक्षा ११ र १२ मा विज्ञान विषय संचालन भइरहेको तर ल्याव अभावले प्रभावकारी नभइरहदा २ करोड ४३ लाख लागतमा २०७९ असोज सम्म यो निर्माण सम्पन्न हुनेछ । तीन तलाको रहने भवनमा फिजिक्स,क्यामेस्ट्री,वायोलजी सहित कम्प्युटर ल्याव पनि हुने उहाँको भनाई छ ।

    यसले सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन सक्छ भन्ने प्रमाणीत हुने र सोही अनुसार आगामी शैक्षिकसत्रदेखि नयाँ विद्यालयमा पढाई सुरु गर्ने योजना रहेको कडेँलले जानकारी दिनुभयो । नर्सरीदेखि कक्षा १२ सम्म २ हजार विद्यार्थी अध्ययनरत रहेको उहाँको भनाई छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज कडेँलको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक मनोजविक्रम विष्टले स्वागत गर्नुभएको थियो भने कार्यक्रम शिक्षक विष्णुप्रसाद रिजालले सहजीकरण गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.