×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

दुई जिल्लाबाट नारायणीको संयुक्त अवलोकन, तटबन्धका कार्य थाल्ने मेयर पौडेलको प्रतिवद्धता


  •   शनिबार, माघ २२, २०७८
  • नवलपुर । नारायणी नदीले वर्खाको समय पुर्याउन सक्ने सम्भावित क्षती हुने स्थानहरुको आज अवलोकन गरिएको छ । गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलको नेतृत्वमा चितवन र नवलपुरका प्रशासनले संयुक्त अवलोकन गरेका हुन् ।

    Advertisement

    नगरप्रमुख छत्रराज पौडेल, गैँडाकोट ५ का वडाअध्यक्ष नवराज कडेँल, नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जन, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी सहितको टोलीले आज नारायणी नदीको फिल्ड अवलोकन गरी क्षती हुन सक्ने ठाउँमा समयमै सचेत हुने बताएका हुन् ।

    नारायणी नदीले वर्खाको समय वर्षेनीजस्तै समस्यामा पार्ने र वस्तीनै डुवानमा पर्ने भन्दै स्थानीयले गुनासो गरेपछि गैँडाकोट र भरतपुरतर्फ गरी दुवै ठाउँमा अवलोकन गरिएको छ ।

    अवलोकन पछि बोल्दै नगरप्रमुख छत्रराज पौडेलले चितवनतर्फ धेरै ठाउँमा तटवन्ध भएको र गैँडाकोटको ७ र ९ नम्वर वडातर्फ बढी क्षती हुन सक्ने भन्दै तटवन्धनको काम सुरु गर्न संघीय सरकारलाई अनुरोध गर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो,“संयुक्त अवलोकन भयो । नदी तटीय क्षेत्रका जनताको जीउ धन जोगाउने दायित्व अनुसार अवलोकन गरियो । नदी नियन्त्रणको पाटो कसरी अगाडि बढाउन सकिन्छ भन्ने जानकारी लिएका छौँ । काम अघि बढाउन सम्वन्धीत निकायलाई आह्वान गर्नेछौँ ।”
    केही जनताले एकतर्फी तटवन्धनको काम भयो भनेपनि फिल्डमा त्यसो नभएको र आगामी दिनमा गरिने सवै कार्य सहकार्य सहमतिमा गर्नेगरी प्रशासनसँग छलफल भएको मेयर पौडेलले बताउनुभयो ।

    अवलोकन टोलीमा रहनुभएका गैँडाकोट ५ का वडाअध्यक्ष नवराज कडेँलले चितवनतर्फ धेरैनै तटवन्ध गरिएको तर गैँडाकोतर्फ कम कार्य भएको बताउनुभयो । प्रदेश संघ तर्फ भनेर गैँडाकोट क्षेत्रमा पनि तटवन्धनको काम अघि बढाउन नगरपालिकाले पहल गर्नुपर्ने बताउनुभयो । संयुक्त अवलोकनले वास्तविक स्थितीवारे अवगत भएको र आगामी कार्यक्रम गर्न सहज हुने बताउनुभयो ।


    अवलोकन गर्दै दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सवै जनताको जिउ धन जोगाउने दायित्व राज्यको भएकाले सोही अनुसार आफूहरुले कदम चाल्ने बताउनुभएको थियो । कुनै एक पक्षलाई जोखिममा राखेर काम गर्नेभन्दापनि दुवैतर्फ क्षती हुन नदिनेगरी आगामी कार्यक्रम गर्न प्रतिवद्ध रहेको बताउनुभएको थियो ।

    टोलीले गैँडाकोट ७, ९ तर्फको भाग र भरतपुर महानगरपालिकाको वडानम्वर १६ को सानोगढी क्षेत्रको स्थलगत निरीक्षण गरेको हो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.