×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनका सुकुम्वासीलाई दिने जग्गा नाप्न आएका ३६ प्राविधिकलाई अभिमुखीकरण


  •   बुधबार, माघ १९, २०७८
  • चितवन,माघ १९ । चितवनका तीन वटा स्थानीय तहमा रहेको सुकुम्वासीहरुलाई जग्गाको लालपुर्जा दिने प्रकृया सुरु भएको छ । भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सेनाका अनुसार भरतपुर महानगरपालिका, माडी र कालिका नगरपालिकामा काम हुनेछ । तीन वटा स्थानीय तहका लागि अहिले ३६ जना प्राविधिक चितवन आइपुगेका छन् । उनीहरुलाई आज भरतपुर महानगरपालिकाको सभाहलमा अभिमुखीकरण गरिएको छ ।

    Advertisement

    कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सेनाले आयोगले दिएको निस्साका आधारमा जग्गा नाप्न र कसैको डर त्रासमा काम नगर्न प्राविधिकहरुलाई निर्देशन दिनुभयो । भोलिदेखिनै भरतपुर महानगरपालिकाको ६ वटा वडा, माडीका तीन र कालिकाको तीन वटा वडामा जग्गा नापजाँचको कार्य प्रारम्भ हुने उहाँको भनाई छ । ३६ प्राविधिकमध्ये २७ जना अमिन र वाँकी सर्वेक्षक छन् । उनीहरुलाई नापी कार्यालय चितवनका प्रमुख गिरीश कुमार लाल कर्णले नापजाँचको प्रकृयावारे जानकारी दिनुभएको थियो । सवै प्राविधिकहरुले भूमि आयोगबाट तलव लिनेछन् भने काम नापी कार्यालयको निर्देशनमा गर्नेछन् ।

    आफूले पदभारग्रहण गरेको आठ दिनमै निस्सा वाँड्न सफल भएको भन्दै तिमिल्सेनाले १८ गतेबाट काम सुरु भएको र अवको ३५ दिनभित्र लालपुर्जा दिएरै छाड्ने बताउनुभयो ।
    तिमिल्सेनाले भन्नुभयो,“ म बोल्ने होइन काम गर्ने हो । कार्यालय संचालन भएर काम सुरु भइसक्यो । खैरहनी,रत्ननगर राप्ती र इच्छाकामनाले सरकारसँग सम्झौता नगर्दा ढिलाई भयो । अहिले रत्ननगरले सम्झौता गरीसकेको छ । त्यहाँ पनि चाँडै काम सुरु हुन्छ । ”
    तिमिल्सेनाले माडीको बाँदरझुलाका स्थानीयले पनि लालपुर्जा पाउने र त्यो निकुञ्जको जग्गा नभएको बताउनुभयो ।

    राष्ट्रिय भूमि आयोगका केन्द्रीय उपाध्यक्ष नहेन्द खड्काले नयाँ निवेदन समेत आह्वान गरेको र पुष २० गते ९१ वटा पालिकाहरुसँग विवरण मागेको र ६८ वटा स्थानीय तहले सो आधारमा सम्झौता गरेको बताउनुभयो । अहिले ६८ वटा पालिकामा काम भइरहेको खड्काले बताउनुभयो । अहिले वडासँग वस्तीहरुको विवरण माग गरिरहेको र तस्विर आउनासाथ काम सुरु हुने बताउनुभयो ।

    नापजाँच सँगै छुटेकाहरुले निवेदन दिन सक्ने र निवेदन दिएको ३५ दिनभित्र लालपुर्जा दिने उहाँको भनाई छ । त्यसरी दिने लालपुर्जा १० वर्षसम्मका लागि सो जमिन विक्रि गर्न नपाइने गरी वितरण हुने खड्काले बताउनुभयो ।

    सरकारले जग्गाको सुनिश्चित गरेकाले पुन विक्रि गरेर उही अवस्था आउनसक्ने भएकाले यो व्यवस्था भएको र कसैले नक्कली लालपुर्जा दिन लागे भन्ने हल्ला मात्रै भएको उहाँको भनाई थियो । केहि आइएनजीओहरुले नक्कली लालपुर्जा दिन लागे भन्दै हौवा फैलाएको खड्काको भनाई थियो । अव कहिल्यै पनि भूमि आयोग बनाउन नपर्नेगरी आफूहरुले काम गर्ने उहाँको भनाई थियो ।

    कार्यक्रममा बोल्दै महानगर उपप्रमुख पार्वती शाह ठकुरीले चुनावका समय गरिएको प्रतिवद्धता पूरा गर्न लागिएको भन्दै खुसी व्यक्त गर्नुभयो । महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले नीति,विधि र प्रविधि तथा इमान्दारीताका साथ जग्गा नाप्न प्राविधिकहरुसँग आग्रह गर्नुभयो ।
    भरतपुर महानगरमा मात्रै १० हजार २९ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थीत वसोवासी रहेका छन् । महानगरका संयोजक अमोध सुवेदीका अनुसार भूमिहीन दलित २ हजार ४४० जना, भूमिहीन सुकुम्बासीहरु २ हजार ५ सय १० र ५ हजार ७९ जना अव्यवस्थित वासोवासीले निवेदन दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.