चितवन । चितवनमा अनियन्त्रित भएर पल्टिएको कन्टेनरका चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक विस्तार भइरहेको नारायणगढ गोन्द्राङ्ग सडक खण्डमा कन्टेनर पल्टिएर विद्युतको पोलमा समेत क्षती पुगेको थियो ।
Advertisement
भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३–००१–००५ ख ९९७० नम्बरको कन्टेनर सोमबार दिउँसो भरतपुर महानगरपालिका १२ बसन्तचोकमा आफैँ अनियन्त्रित भई बिजुलीको खम्बामा ठोक्किएको थियो ।
दुर्घटनामा घाइते कन्टेनर चालक सर्लाही जिल्ला लालवन्दी नगरपालिकाका मेघराज खत्रीको उपचारको क्रममा मृत्यु भएको डिएसपी नरहरी अधिकारीले जानकारी दिए । खत्रीको भरतपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।




