×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नेपाली काँग्रेस वडा नं ५ को एकता टोल समिति गठन,सभापतिमा विष्णुप्रसाद ढकाल


  •   सोमबार, माघ १७, २०७८
  • गैँडाकोट,माघ १७ । नेपाली काँग्रेस एकता टोल विकास समितिभित्र रहेका साधारण तथा क्रियाशील सदस्यहरूको भेलाले विष्णुप्रसाद ढकालको नेतृत्वमा ११ सदस्यीय टोल समिति गठन गरेको छ । समितिको उपसभापतिमा सरस्वती पौडेल, सचिव चन्द्रबहादुर थापा, कोषाध्यक्ष चक्रबन्धु भण्डारी र सदस्यहरूमा जमुना ज्ञवाली, मन्जु गौतम, सुनिता पाण्डे, भीमबहादुर श्रेष्ठ, भक्त बहादुर चमैया, सुमित्रा केसी र मेनुका थापा रहनुभएको छ। नेपाली काँग्रेस वडा नं ५ कार्यसमितिको बैठकले वडाका सबै टोलमा समिति गठन गर्ने निर्णय भएकोले आफू सघन रूपमा अगाडि बढेको वडा सभापति लक्ष्मण कार्कीले बताउनुभयो ।

    Advertisement

    कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं १ का प्रदेश सहसचिव शालिकराम घिमिरे प्रमुख अतिथि रहनुभएको थियो । उहाँले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै सशक्त ढंगले पार्टी गतिविधिलाई अगाडि बढाउन आग्रह गर्नुभयो । कार्यक्रममा निवर्तमान पार्टी सभापति तारापति खरेलले वर्षमा कुनै न कुनै नौलो कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।

    नेपाली काँग्रेस नगर सचिव गोविन्द घिमिरेले टोल छिमेकमा आत्मीय सम्बन्ध राख्ने पार्टी भनेकाले नै सुखमा अनि दुःखमा काँग्रेस भनिएको सन्दर्भ उल्लेख गर्दै त्यसको सार्थकताका लागि टोलवासीलाई एकतावद्ध हुन आव्हान गर्नुभयो । कार्यक्रममा टोल विकास समितिको गठन त्यसको महत्व र भूमिकाबारे सहजकर्ता गोविन्द रिमालले प्रष्ट पार्नुभएको थियो । टोल समितिका सभापति खडानन्द उपाध्याय श्यामको सभापतित्वमा सम्पन्न सो कार्यक्रम वडा सचिव किरणकुमार केसीले सहजीकरण गर्नुभएको थियो । सरस्वती पौडेलको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा नवनिर्वाचित सभापति विष्णुप्रसाद ढकालले प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा प्रदेश प्रतिनिधि खगराज आचार्य, नगर उप सभापति रोशनभक्त अधिकारी, जनप्रतिनिधि पार्वती सापकोटा, नेविसंघ जिल्ला सभापति राजेश पौडेललगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.