×
आइतबार, मङि्सर ०७, २०८३
☰
आइतबार, मङि्सर ०७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भन्सार छलेर ल्याएका सामानको १३ लाख ८३ हजार बराबर राजश्व दाखिला


  •   सोमबार, माघ १७, २०७८
  • गैँडाकोट । जिल्ला प्रहरी कार्यालय नवलपरासीले भन्साल छलेर ल्याएका सामान बरामद गरेर राजश्व दाखिला गराउन सफल भएको छ । प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीका अनुसार माघ १ गतेदेखि हालसम्म १५ दिनको अवधिमा १३ लाख ८३ हजार ६ सय ३० मुल्य बराबरको राजश्व दाखिला गरिएको छ ।

    Advertisement

    जिल्ला प्रहरीको मातहतका कार्यालय समेत निगरानी कडा पार्दा भन्सार छलेर ल्याएका सामान बरामद गर्न सफल भएको हो ।

    २ लाख ५८ हजार १ सय ३० मुल्य बराबरको सामान भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको साडी, सुट लगायतका बिभिन्न कपडा, १५०० के.जी. चिनी, २० क्यारेट सेतो अण्डा, २४ प्याकेट घाँसको बिउ, ४०० थान मोबाईल कभर लगायत बिभिन्न मालसामान बरामद गरी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरीले जानकारी दिएको छ ।

    यसै अवधीमा सामुदायिक वनबाट अवैध रुपमा ल्याउदै गरेको ४ लाख ५० हजार मुल्य बराबरको दाउरा सहित ६ वटा ट्याक्टर र ३ वटा बोलेरो पिकअप गाडी बर्दघाट नगरपालिका वडा नं. ४ टि.सि.एन. चोकबाट पक्राउ गरी कारबाहीको लागि सयपत्री सामुदायिक वन कार्यालय बर्दघाटमा बुझाईएको र जिल्लाको सरावल गाउँपालिका ७ भुजहवा स्थित शाही ट्रेडर्स कवाड संकलन स्टलबाट ६ लाख ७५ हजार ५ सय मुल्य बराबरको ९५८० के.जी. झ्याउ र २१८० के.जी. सुनाखरी नामक जडिबुटी बरामद गरीएको प्रहरीले जनाएको छ । बरामद जडिबुटी जिल्ला वन डिभिजन कार्यालय नवलपरासीमा बुझाईएको डिएसपी शाहीले बताए।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.