नवलपुर । नवलपुर जिल्लाको कावासोतीमा भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् । भित्री सडकमा कार र ट्र्याक्टर ठोक्किँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा जाने सडकमा भएको दुर्घटनामा कारमा रहेका ६ जना घाइते भएका हुन् ।
घाइतेको परिचय खुल्न सकेको छैन ।
घाइतेहरुको कावासोतीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
बा ६ च ९२२२ नम्वरको कार र लु ३ त ५१९९ नम्वरको ट्याक्टर ठोक्कीएका हुन् ।
Advertisement




