चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्तीक्षेत्र भित्र एक पुरुष व्यक्तिको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अन्दाजी ५५/ ६० वर्षिय पुरुष व्यक्तिको शव भेटिएको हो ।
कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीका अनुसार टिकौली सडक खण्डबाट १ दशमलब ५ किलोमिटर भित्र जंगली जनावरको खाएको जस्तो देखिने पुरुष व्यक्तिको शब भेटिएको हो ।
उनको शब हेर्दा अनुहार, घाँटी, छातिको भाग जंगली जनावरले खाएको जस्तो देखिएको अधिकारीले बताए । आन्दा्र, करंग समेत देखिएको अबस्थामा शव भेटिएको हो । उनको शवलाई पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याईएको छ ।
शवको पहिचान हुन नसकेपछि प्रहरीले माघ ७ गते फेला पारेपनि आज फोटो सहित सूचना दिएको हो । हुलियाबाट पहिचान हुन सक्ने भन्दै आफन्तलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ ।
कालो ज्याकेट, कालो सेतो कोठे उलनको सर्ट, हरियो रंगको कपडाको पाईन्ट, निलो सेतो रंगको कट्टु, निलो सेतो कलरको मोजा, सेतो रंगको गन्जी लगाएको पुरुषको शव फेला परेको हो।



