×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

पानस र सौराहाको बराबरी, दुबै टिमको सेमिफाइनल सम्भावना कायमै


  •   शुक्रबार, माघ ०७, २०७८
  • चितवन – सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजनमा सौराहा युवा समाज र पानस युवा क्लब बराबरीमा रोकिएका छन् ।  (बिहीबार) सम्पन्न दोस्रो खेलमा सौराहा र पानस गोलरहित बराबरीमा रोकिएका छन् ।

    Advertisement

    दुबै टोलीले पाएका आधा दर्जन बढी अवसर सदुपयोग गर्न सकेनन् । दोस्रो हाफमा सौराहाको प्रहार पानसका गोलरक्षक सागर बस्नेतले बिफल तुल्याए । खेलको अन्त्य तिर पानसले केही सुन्दर अवसर पाएको थियो । तर सौराहाका डिफेन्डर बाधक बन्दा गोल हुन सकेन । खेलको म्यान अफ दि म्याच पानसका गोलरक्षक सागर बस्नेत चुनिए । बराबरीपछि दुबै टिमको सेमिफाइनल प्रवेश सम्भावना जिवितै रहेको छ । लिगमा ६ खेल खेलेको सौराहा १० अंकका साथ समूह ‘ए’ को दोस्रो स्थानमा छ । सौराहा जारी लिगमा एक मात्र अपराजित टिम हो । पानस ८ अंकका साथ तेस्रो स्थानमा छ । तर लिगमा पाँच खेल मात्र खेलेको पानसको हातमा एक खेल बाँकी छ । पानसको अन्तिम खेल नारायणी मोटर्स युनिक क्लब बसेनीविरुद्ध रहेको छ ।

    सेमिफाइनल प्रवेशका लागि पानसलाई उक्त खेल जित्नै पर्ने दबाब छ । उक्त खेलमा जित हात पार्न सके पानस ११ अंकका साथ समूह उपबिजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल हुनेछ । बराबरी वा हारले सौराहाको बाटो खुल्नेछ । यता आजको बराबरीपछि केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । बिएफसी ५ खेलबाट १२ अंकका साथ समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यस अघि आजको पहिलो खेलमा कप्तान हिमशिखर गुरुङले हृयाट्रिक गरेपछि नारायणी मोटर्स युनिक क्लब बसेनीले माडी ११ लाई पराजित गरेको छ ।

    युनिकले माडीलाई ४-१ ले पराजित गरेको हो । युनिकको जितमा कप्तान हिमशिखरको हृयाट्रिकसँगै सुरेस मल्लले एक गोल गरे । माडीका कप्तान विज्ञान खड्का र सुमन महतोले एक-एक गोल फर्काए । खेलको १५ औं मिनेटमा हिमशिखरले गोल गर्दै युनिकलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा सुरेश मल्लले फ्री किकमा सुन्दर गोल गर्दै युनिललाई दोहोरो अग्रता दिलाए । ४७ औं मिनेटमा माडीका कप्तामन विज्ञानले गोल गर्दै अग्रता छोट्याए ।

    लगत्तै ४८ औं मिनेटमा हिमशिखरले ब्यक्तिगत दोस्रो गोल गर्दै युनिकलाई ३-१ को अग्रता दिलाए । ५३ औं मिनेटमा हिमशिखरले हृयाट्रिक गरेपछि युनिकले ४-२ को अग्रता लियो। ६४ औं मिनेटमा माडीका सुमनले गोल गरे पनि हार टार्न सकेनन् । खेलको म्यान अफ दि म्याच युनिकका कप्तान हिमशिखर चुनिए । यो जितपछि युनिक पाँच खेलबाट पाँच अंक बनाउदै तालिकाको पाचौं स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक बनाएको माडी तालिकाको छैटौं स्थानमा झरेको छ ।

    लिगमा शुक्रबार एक मात्र खेल हुनेछ । शुक्रबार दिउँसो ३ बजे वातासिनो जि ब्वाइज र केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) भिड्नेछन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी लिग १२ गतेसम्म चल्नेछ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.