×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नारायणगढमा भारतीय महिलाहरुले यसरी चोरे नगद र गरगहना, होसियार हुन प्रहरीको आग्रह


  •   मङ्गलबार, माघ ०४, २०७८
  • चितवन । माघ १ गते साँढे १२ बजेतिर भरतपुर १० का सीता गिरी र बसन्त गिरी ठेलामा सामान किनिरहेका थिए । सामान किनिरहदा नजिकै केही महिलाहरु आएर कुरा गर्ने, अल्झ्याउने गरिरहे । भारतीय मुलका ती महिलाहरु एक जना होइन सात जना सम्म थिए।

    Advertisement

    घेरा जस्तो बनाएर शहिदचोकको फुटपाथमा ठेला पसलमा सामान किनिरहदा ती मध्ये केहीले झोला समात्ने, कोही बहाना बनाई कुराकानी गर्दै ध्यान अन्यत्र मोड्ने जस्ता क्रियाकलाप गरीरहे । सिता गरीले बोकेको झोला भित्र रहेको मनि ब्यागमा नगद रु ६ हजार थियो ।

    ९४ हजार मुल्य बराबरको २ थान सुनको औठी समेत झोलामा थियो । थाहै नपाई उनीहरुले त्यो निकाले । केही छिनमै चोरी गरेको थाहा पाएपछि नजिकै रहेको प्रहरीले भारतीय मुलका महिलाहरुलाई खानतलासी गर्दा उक्त चोरी भएको सामान फेला पर्यो।

    त्यसपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले त्यसरी भीडभाडमा चोरी गर्ने भारतीय नागरिकहरुलाई पक्राउ गरेको हो ।

    सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ( डिएसपी) नरहरी अधिकारीका अनुसार त्यसरी चोरीकार्यमा संलग्न रहेकोमा भारत गोरखपुर स्थायी ठेगाना भएकी बर्ष २५ की प्रियाङका देबी, बर्ष २० की अतिम्मा देबी, बर्ष २५ की पायल देबी, बर्ष १८ की नितु देबी, बर्ष ३५ की शिला देबी, बर्ष ४० की मञ्जु देबी र बर्ष १८ की आरोही भारती छन् ।

    उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट सुनको औठी २ थान, नगद रु ६ हजार र ए टि एम कार्ड २ थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

    मकर सक्रान्तिको अबसरमा देवघाटमा लाग्ने मेला तथा अन्य महोत्सवमा हुने भिडभाडको समेत फाईदा उठाउँदै चोरी गरेको खुलेको छ ।

    माघ ३ गते भरतपुर महानगरपालिका ५ कल्याणपुर बस्ने बर्ष ७४ की चन्द्र माया श्रेष्ठले पनि सोही दिन तिनै सात जना महिला मिली बिभिन्न बहाना बनाई दुई लाख रुपैया ) बराबरको सुनको सिक्री चोरी गरेको भन्दै कार्बाहीका लागि किटानी जाहेरी दिएकी छिन् । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    साथै भिडभाड स्थल तथा सवारी साधनमा त्यस प्रकृतिका मानिसहरु देखिएमा सतर्क रहन र सो को जानकारी नजिकको प्रहरी कार्यालय वा १०० मा तत्काल फोन गर्न समेत प्रहरीले आह्वान गरेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.