×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

धुर्मुस सुन्तलीलाई पक्राउ गरी छानविन गर्न अख्तियारमा उजुरी (उजुरी सहित)


  •   आइतबार, माघ ०२, २०७८
  • चितवन । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माण गर्छु भनेर लागेको धुर्मुस सुन्तली फाउण्डेशन विरुद्ध अख्तियारमा उजुरी परेको छ । आयोजना वीचमानै अलपत्र पारेर हिसावकिताव सार्वजनिक नगरेको भन्दै सत्यतथ्य छानविन गर्न माग गर्दै उजुरी परेको हो ।
    वाग्मती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक(एनआएस) अनिल अधिकारीले उनीहरुविरुद्ध आर्थिक अपचलन र ठगी गरेको भन्दै पक्राउ गरी छानविन गर्न माग गर्नुभएको छ ।
    चितवनको भरतपुर १५ मा अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माण गर्ने भन्दै रकम उठाएर फाउण्डेशनले निर्माणकार्य अपूरो छोडेको छ ।
    अधिकारीले भन्नुभयो,“हामीले पटक पटक मापदण्ड र लागतमा ध्यानाकर्षण गरायौँ तर उहाँहरुले सुन्नुभएन। अहिले आयोजना अलपत्र पार्ने र कति रकम उठ्यो भन्ने सम्मको पारदर्शी हिसाव किताव सार्वजनिक नगरेपछि उजुरी दिएको हुँ ।”
    दुई पृष्ठ लामो निवेदन हस्तलिखित उजुरी अधिकारीले आइतबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौँमा दर्ता गराएको जानकारी दिनुभयो ।
    फाउण्डेशनले पर्याप्त आर्थिक स्रोत नभएको भन्दै रंगशालाको जिम्मेवारी लिन भरतपुर महागनरपालिकालाई पत्राचार गरिसकेको छ । तर कामको मूल्याङ्कन गर्दा जम्मा १४ प्रतिशत काम सकिएको इन्जिनियरको प्रतिवेदन रहेको बताइएको छ । महानगरलाई पत्राचार गरेपनि हालसम्म फिल्डमा कुनै काम भएको छैन ।

    Advertisement

    अधिकारीले फाउण्डेशनले देश विदेशमा रहेका नेपालीहरुबाट चन्दा संकलन र भरतपुर महानगर लगायतबाट ५७ करोड भन्दा बढी रकम उठाई हाल सो रंगशालाको सरकारी इन्जिनियरबाट मूल्याङ्कन गर्दा १४ प्रतिशत पनि निर्माणकार्य पूरा नगरी उल्टै सरकार, नेपाली जनतालाई आरोप प्रत्यारोप गरी १७ करोड उल्टो ऋण संस्थाले तिनुपर्ने रकम देखाएको उल्लेख गर्नुभएको छ । समाजसेवाका नाउँमा रकम उठाएर ठगी गर्न नपाउने भन्दै उहाँले सत्यतथ्य छाविन गर्न माग गर्नुभएको हो ।

    नेपाल क्रिक्रेट संघलाई समेत नजरअन्दाज गरी रंगशाला निर्माण गर्ने र भारत पाकिस्तानको खेल खेलाउछु भन्दै कहिले रुदै कहिले हाँस्दै प्रोपगाण्ड गर्दै चन्दा र आर्थिक सहयोग उठाउदै सामाजिक अभियान्ता वनि कलाकारको जीवनशैलीमा पटक पटक विभिन्न ठाउँबाट टिकाटिप्पणी भएपनि कुनै सरोकारवाला निकायले चासो नदिएको उनको भनाई छ । उजुरीको चाँडै सुनुवाइ सहित आवश्यक छानविन गरी सत्यतथ्य वाहिर ल्याउन उहाँको माग छ ।


    भरतपुर महानगरपालिकासँगको समन्वयमा ३ अर्वमा रंगशाला निर्माण गर्ने लक्ष्य सहित काम थालिएको थियो । तर रकम पर्याप्त नभएको भन्दै १७ करोड ऋण रहेको देखाई फाउण्डेशनले भरतपुर महानगरलाई पत्र लेखेको थियो । स्वामित्व लिन पत्र पठाएपनि फिल्डमा भने कुनै काम हुन सकेको छैन ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.