चितवन। ध्रुवे हात्तीको आक्रमणबाट मृत्यु भएका सैनिक बाग्लुङ जिल्लाको रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी नरहरी अधिकारीका अनुसार नेपाली सेनाको अम्लदार बाग्लुङ जिल्ला साविक थिम्ती गाविस ४ बस्ने बर्ष ३५ का गुप्त बहादुर थापा रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत उनलाई हिजो साँझ ६ बजेतिर गस्तीमा जाँदा ध्रुवे नामको हात्तीले आक्रमण गरेको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार ध्रुवघाट पोष्टमा साइकल गस्ती जाँदै गर्दा हात्तीले आक्रमण गरेर ढाडमा कुल्चेको थियो । उपचारका क्रममा ती जवानको मृत्यु भएको हो । प्रहरीका अनुसार पुरानो मेडिकल कलेज भरतपुरमा उपचारक्रममा मृत्यु भएको हो ।
Advertisement



