×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

सौराहा तालिकाको दोस्रो स्थानमा उक्लियो


  •   शुक्रबार, पुष ३०, २०७८
  • चितवन,पुस ३० ।सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा सौराहा युवा समाजले पहिलो जित हात पारेको छ ।

    Advertisement

    आज (शुक्रबार) भएको पहिलो खेलमा साबिक बिजेता सौराहाले वातासिनो जि ब्वाइज गीतानगरलाई ३–२ ले पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा सौराहालाई जिताउन रबिन दराई, प्रताप भट्ट र सन्तोष कोइरालाले गोल गरे । गीतानगरका सोमबहादुर श्रेष्ठ र पदमबहादुर नेपालीले एक÷एक गोल फर्काए ।

    सौराहाले खेलको पाँचौ मिनेटमा नै अग्रता लिएको थियो । रबिन दराईले गोल गर्दै सौराहालाई सुरुवाती अग्रता दिलाएका थिए । १८ औं मिनेटमा गीतानगरले गोल फर्कायो । गीतानगरका सोमले गोल गर्दै खेलमा १–१ को बराबरी गरे । पहिलो हाफमा नै सौराहाले फेरि अग्रता लियो । २६ औं मिनेटमा मैदान प्रवेश गरेका प्रतापले ३९ औं मिनेटम सुन्दर गोल गर्दै सौराहालाई २(१ को अग्रता दिलाए ।

    दोस्रो हाफमा दुबै टोलीले एक(एक गोल गरे । ५५ औं मिनेटमा मैदान प्रवेश गरेका सन्तोषले ५७ औं मिनेटमा गोल गर्दै सौराहाको अग्रता ३–१ मा पुराए । ६१ औं मिनेटमा गीतानगरले गोल गर्‍यो । सौराहाका कप्तान अनिल महतोले गीतानगरका खेलाडीलाई डिबक्स भित्र फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । प्राप्त अवसरमा पदमले गोल गरे । खेलको अन्तिम समयमा प्राप्त केहि अवसर सदुपयोग गर्न नसल्दा गीतानगर पराजित भयो ।

    खेलको म्यान अफ दि म्याच सौराहाका प्रताप भट्ट चुनिए । यो जितसँगै सौराहा समूह ुएु को दोस्रो स्थानमा उक्लिएको छ । उसको ४ खेलबाट ६ अंक भएको छ । यो हारपछि गीतानगरलाई भने रेलिगेसनको खतरा भएको । समान खेल खेलेको गीतानगरको एक अंक छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.