×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

रत्ननगरको नगर सभा : गौरवका योजना निर्माणमा सफल भएको निष्कर्ष


  •   बिहिबार, पुष २९, २०७८
  • रत्ननगर । रत्ननगर नगरपालिकाले विहीबार दसौं नगर सभा गरेको छ । नगर सभाले एउटा ऐन,तीन वटा कार्यविधि र १७ वटा योजनाहरु शिर्षकान्तर गरेको छ ।
    नगर सभाले वाताबरणीय तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७८,विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि,एफएम रेडियो सञ्चालन तथा व्यवस्थापन कार्यविधि,गरिव घरपरिवार तथा परिचयपत्र वितरण कार्यक्रमका लागि करारमा सुपरिबेक्षण तथा गणक व्यवस्थापन कार्यविधि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए । शिर्षकान्तर गरिएका १७ वटा योजनामा अधिकाँस विकास निर्माण तर्फका छन् ।
    जनप्रतिनिधिको पाँच बर्षे कार्यकालको अन्तिम नगर सभाको रुपमा रहेको सो नगर सभामा मेयर नारायण वनले नगरको विकासका लागि गरेका महत्वपूर्ण योजनाहरु नगरसभामा सार्वजनिक गरेका छन् ।
    टाँडी बजारमा आकासे पुल निर्माण,सौराहाचोकमा बसपार्क निर्माण,पाँच वटा समुदायिक विद्यालयमा प्राविधिक शिक्षा,रत्ननगर अस्पताललाई स्तरोन्नति गरी भौतिक पूर्वाधार निर्माण,ज्येष्ट नागरिक तथा बृद्धबृद्धाहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान,बृद्धबृद्धालाई घरमै स्वास्थ्य सेवा,सुत्केरी पशुलाई भत्ता,इको कल्चरल पार्क,निकुञ्ज छेउमा बसोबास गर्ने समुदायका निशुल्क बीमा गरिएको मेयर वनले बताए ।
    नगरलाई खरको छानो मुक्त बनाउन जस्तापाता वितरण,विपन्नको लागि शौचालय निर्माण,विपन्न तथा सुकुमबासीलाई घर निर्माण,नगरप्रमुख उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत विना धितो,विना व्याज कर्जा लगानी गरिएको उनले बताए । सौराहामा एक हजार ५०० क्षमताको सभाहल,रत्ननगर अस्पतालमा मातृशिशु अस्पताल निर्माणाधिन अबस्थामा रहेको र वडा नं ८ मा वाटर किङडम निर्माणको लागि ठेक्का सम्झौता भइसकेको मेयर वनले बताए ।
    सौराहामा पर्यटकीय बसपार्क निर्माणको लागि सरकारले बजेट विनियोजन गरिसकेको भन्दै स्थानीय समुदायसंग सहकार्य गरेर त्यो काम तत्काल सुरु गर्ने योजना रहेको उनले बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले न्यायिक समिति,राजश्व परामर्श समिति र अनुगमन समिति मार्फत भएका कामको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन । स्थानीय स्तरमा न्याय सम्पादन तथा राजश्व संकलनमा समितिले अर्थपूर्ण रुपमा काम अगाडि बढाएको बताइन ।
    नगर सभामा विधायन समितिका संयोजक तिलकराज शर्मा,आर्थिक विकास समितिका संयोनक गुप्तनाथ भट्टराई,पूर्वाधार निर्माण समितिका संयोजक हरिकुमार श्रेष्ठ,लेखा समितिका संयोजक लालबहादुर भट्ट,सामाजिक विकास समितिका संयोजक केशव आचार्य,सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक चित्रबहादुर भण्डारी,वन तथा वाताबरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वलराम दाहालले कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । नगर सभाले साढे ४ बर्षमा गौरबका योजना निर्माणमा सफलता हासिल गरेको निष्कर्ष निकालेको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.