×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

युनिकविरुद्ध बिएफसीको फराकिलो जित


  •   बिहिबार, पुष २९, २०७८
  • चितवन – सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) ले फराकिलो जित हात पारेको छ ।

    Advertisement

    लिग अन्तर्गत आज (बिहीबार) भएको चौथो चरणको पहिलो खेलमा बिएफसीले नारायणी मोटर्स युनिक क्लब बसेनीलाई ६-० ले पराजित गरेको हो । जारी लिगमा बिएफसीको यो चौथो जित हो । बिएफसीलाई फराकिलो जित दिलाउन नुरल राना मगर र राज भुसालले समान २-२ गोल गरे । सन्दीप सेन्चुरी र सुमन आले मगरले एक-एक गोल थपे ।

    पहिलो हाफमा एक गोल गरेको बिएफसीले दोस्रो हाफमा ५ गोल थप्यो । खेलको १६ औं मिनेटमा सन्दीप सेन्चुरीले गोल गर्दै बिएफसीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा नुरल रानाले गोल गर्दै बिएफसीको अग्रता दोब्बर बनाए । ५४ औं मिनेटमा सुमन आलेले गोल गर्दै बिएफसीलाई ३-० को अग्रता दिलाए ।

    ६० औं मिनेटमा नुरलले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । राज भुसालले ६९ र ७१ औं मिनेटमा दुई गोल गरेपछि बिएफसी ६-० ले बिजयी भयो । खेलको म्यान अफ दि म्याच बिएफसीका नुरल चुनिए । जितसँगै बिएफसीले ४ खेलबाट १२ अंक बनाएको छ । लिगमा ४ खेल खेलेको बिएफसीले चारै खेलमा जित हात पारेको छ ।

    यससँगै बिएफसीको सेमिफाइनलमा स्थान लगभग पक्का भएको छ। आजको दोस्रो खेलमा माडी ११ र पानस युवा क्लब भिड्नेछन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी लिगमा १३ टोली सहभागि छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.