×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

माउवच्चा गैँडा मार्न १३ जनासम्म संलग्न, ११ पक्राउ २ अझै फरार


  •   बिहिबार, पुष २९, २०७८
  • चितवन । गैँडाको माउ बच्चा मारेर खाग विक्रि गर्दा १३ जनासम्म संलग्न रहेको खुल्न आएको छ । चितवन राष्ट्रिय निकुञ्जले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो। निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार फरारप्रतिवादी मध्येका एक पक्राउ परेका छन् ।
    पक्राउ परेका व्यक्तिलाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ। निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार पक्राउ पर्नेमा तनहुँ जिल्ला शक्लागण्डकी नगरपालिका २ कोबेबजार बस्ने कमल गुरुङ्ग रहेका छन् । आबुखैरेनी गाउँपालिका १ सत्रसयमा लुकिछुपि हिडेको अवस्थामा जिल्ला प्रहरी कार्यालय, तनहुँको सहयोगमा निकुञ्जवाट खटिएको टोलीले पक्राउ गरेको तिवारीले जानकारी दिए । गुरुङलाई जिल्ला अदालत नवलपुर पेश गरिएको छ ।
    गुरुङ गत वर्षको भाद्र २१ गते निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत बाँदरझुला टापुको रातोघोल क्षेत्रमा गैँडा मारेर खाग विक्रिमा संलग्न भएको निकुञ्जका अधिकारी तिवारीको भनाई छ ।
    उक्त समय सो स्थानमा गैंडाको खाग काटिएको अवस्थामा माउ र बच्चा गरी २ वटा गैंडा मृत अवस्थामा भेटिएको थियो ।
    त्यसपछि अनुसन्धान अधिकारी तोकेर निकुञ्जले खोजतलास गर्न थालेको हो। अनुसन्धानका क्रममा माउ वच्चा गैँडा मार्न हालसम्म १३ जना प्रतिवादीहरु संलग्न रहेको खुलेको छ । विभिन्न सांगठनिक तहमा संलग्नता रहेका १३ मध्ये हालसम्म ११ जना पक्राउ परीसकेका छन् । दुई जना अझै फरार रहेको र खोजी कार्य जारी रहेको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.