×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

सुकुमबासीलाई लालपूर्जा दिन रत्ननगर र आयोगबीच सम्झौता


  •   बिहिबार, पुष २९, २०७८
  • रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाका सुकुमबासीहरुलाई लालपूर्जा वितरणको लागि राष्ट्रिय भूमि आयोग र नगरपालिकाबीच बुधबार सम्झौता भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा आयोगको तर्फबाट अध्यक्ष केशब निरौला, सदस्य सचिव अमिरप्रसाद न्यौपाने र रत्ननगर नगरपालिकाको तर्फबाट मेयर नारायण वनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    Advertisement

    यसअघिको देवी ज्ञवाली नेतृत्वको भूमि सम्बन्धी समस्या सामधान आयोगले सुकुमबासीलाई लालपूर्जा वितरणको लागि ७७ वटा जिल्लामा काम सुरु गरिसकेको थियो । विवरण संकलन गरेर जग्गा नाप्ने काम चलिरहदा बर्तमान सरकारले ज्ञावली नेतृत्वको आयोग विघटन गरेको थियो ।
    वर्तमान निरौला नेतृत्वको राष्ट्रिय भूमि आयोगले अघिल्लो आयोगले गरेका कामहरुलाईसदर गर्दै लालपूर्जा वितरणको लागि पालिकाहरुसंग सम्झौता गरेको छ । ज्ञवाली नेतृत्वले बनाएको लालपूर्ण वितरण सम्बन्धी कार्यविधिलाई केही संशोधन गरी अहिले सम्म भएका कामहरुलाई आधार मानेर लालपूर्जा वितरणको काम अगाडि बढाउने गरी सम्झौता भएको मेयर वनले जानकारी दिए ।

    अघिल्लो आयोगले संकलन गरेको विवरणलाई जाँचबुझ गर्ने र त्यसलाई पनि आधार मानिने मेयर वनले बताए ।
    पाँच बर्षे कार्यकालको अन्तिम अन्तिममा आइपुगेका मेयर वनले अहिले बनेको आयोगले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने आफ्नो सपना पुरा गर्ने विश्वास व्यक्त गरे ।

    यस अघिको आयोगले संकलन गरेको विवरण अनुसार रत्ननगर नगरपालिकामा भूमिहीन दलीत,भूमिहीन सुकुमबासी र अव्यवस्थित गरी २ हजार ३९८ घरघुरीले फारम भरेका थिए । यही पुस २४ गते जिल्लाको भरतपुर महानगर सहित माडी र कालिका नगरपालिकाले आयोगसंग सम्झौता गरिसकेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.