×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

हर्दीविरुद्ध रामपुरको कमब्याक जित


  •   मङ्गलबार, पुष २७, २०७८
  • चितवन – रामपुर फुटबल क्लब रड्सले सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा कमब्याक जित निकालेको छ । आज (मंगलबार) भएको दोस्रो खेलमा दुई गोलले पछि परेको अवस्था उल्टाउदै रामपुरले हर्दी युवा समाजविरुद्ध कमब्याक जित निकालेको हो । निकै रोमाञ्चक खेलमा रामपुरले हर्दीलाई ३-२ ले हरायो । रामपुरको जितमा बिनोद गुरुङ, बिशाल तामाङ र मनिष गिरीले गोल गरे । हर्दीका रोजन सेढाई र सुनिल लामाले गोल गरे । खेलको पहिलो हाफमा रामपुर दुई गोलले पछि परेको थियो । तर दोस्रो हाफमा रामपुरले कमब्याक गर्‍यो । खेलको चौथो मिनेटमा नै हर्दीले अग्रता लिएको थियो । रोजन सेढाईले सुन्दर हेडर गोल गर्दै हर्दीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमै हर्दीले अग्रता दोब्बर बनायो । २६ औं मिनेटमा सुनिल लामाले डि बक्स बाहिरबाट गोल गर्दै हर्दीलाई दोहोरो अग्रता दिलाएका थिए । पहिलो हाफमा २-० ले पछि परेको रामपुर दोस्रो हाफमा खेलमा फर्कियो ।

    Advertisement

    ५६ औं बिनोद गुरुङले गोल गर्दै रामपुरलाई खेलमा फर्काउने संकेत गरेका थिए । ६२ औं मिनेटमा बिशाल तामाङले हेडर गोल गर्दै बराबरी गरे । खेलमा थप गरिएको अतिरिक्त ५ मिनेटको दोस्रो मिनेटमा मनिष गिरीले गोल गरे । डिबक्स बाहिरबाट आकर्षक गोल गर्दै उनले रामपुरलाई कमब्याक जित दिलाए ।

    गिरी नै खेलको म्यान अफ दि म्याच घोषित भए । जितसँगै रामपुरले समूह ‘बी’ मा ३ खेलबाट ६ अंक बनाएको छ । रामपुर अंक तालिकाको दोस्रो स्थानमा यथावत छ । दुई खेलबाट समान अंक बनाएको एभरेष्ट गोल आधारमा शिर्ष स्थानमा छ । आज पराजित हर्दी ३ खेलबाट ३ अंक बटुल्दै अंक तालिकाको चौथो स्थानमा छ । लिगमा आजै भएको पहिलो खेलमा सौराहा युवा समाज र माडी ११ गोलरहित बराबरीमा रोकिएका छन् । दुबै टोलीले पाएका केही अवसर सदुपयोग गर्न सकेनन् ।

    बराबरीपछि दुबै टोलीले अंक बाँडेका छन् । यससँगै सौराहाले ३ खेलबाट ३ अंक बनाएको छ । माडीको ३ खेलबाट ४ अंक भएको छ । खेलको म्यान अफ दि म्याच सौराहाका डिफेन्डर प्रकाश चौधरी घोषित भए । लिगमा बुधवार तेस्रो चरणको अन्तिम दुई खेल हुँदैछ । बुधवारको पहिलो खेलमा बगान यात्रा ग्रुप र सेन्ट्रल कलेज एभरेष्ट क्लब चितवन तथा दोस्रो खेलमा नारायणी एफसी र एस्ट्रल युथ सोसाइटी भिड्नेछन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ ।

    लिगमा १३ टोली सहभागी छन् । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५-२५ हजार प्राप्त गर्नेछ । दर्शक बिना नै खेल भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगका बाँकी खेलहरु दर्शक बिना नै खेलाइने भएको छ ।

    आजबाट रंगशालाभित्र दर्शकलाई प्रवेश निषेध गरिएको हो । कोभिड संक्रमणलाई मध्यनजर गर्दै खेलाडी र अफिसियल बाहेक अन्यलाई प्रवेश निषेध गरिएको एन्फा चितवनका महासचिव रामहरी ढकालले बताए । खेलाडी र सम्पूर्ण अफिसियल पनि मास्क अनिवार्य गरिएको उनले बताए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.