×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नवलपुरमा मनाइयो ३००औँ पृथ्वी जयन्ती, विदा नदिएकोमा सरकारको चर्को आलोचना


  •   मङ्गलबार, पुष २७, २०७८
  • नवलपुर (कावासोती) । नवलपुरमा पृथ्वी जयन्ती मनाइएको छ । कावासोती २ को खुला मैदानमा बाजागाजा सहित पृथ्वी नारायण शाहको तस्विरमा माल्यार्पण गरी ३००औँ पृथ्वी जयन्ती मनाइएको हो ।

    Advertisement

    राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुर र शाही शक्ति नेपालको आयोजनामा मोटरसाइकल र्याली गरेर कोणसभामा परिणत गरी राष्ट्रिय एकता दिवस मनाइएको हो ।

    कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजतान्त्र पार्टीका केन्द्रीय सदस्य निलकण्ठ काफ्लेले पृथ्वी नारायण शाहको योगदानलाई अहिलेको सरकारले अपमान गरेको आरोप लगाए । पृथ्वी नारायण शाहकै कारण नेपाल र नेपाली भन्न पाएको तर उनको योगदानलाई मुख्य दलहरुले भूलेको भन्दै उनले भने,“आज नेपाली भनेर चिनारी गराउने राष्ट्रनायकप्रति यो राष्ट्रले गरेको अपमानप्रति खेद प्रकट गर्न चाहान्छु ।”

    राष्ट्रनायक पृथ्वीनारायण शाहले देश एकीकरण गरकै कारण अहिले राजनीति गर्न पाएका अहमतावादी नेताहरुले उनको भूमिकाप्रति चासो नदिएको बताए । राष्ट्रिय एकताको सन्देश दिनेगरी यो दिवस मनाउनुपर्नेमा जोड दिँदै उनले आफ्नो पार्टी सरकारमा जाने अवसर पाए सार्वजनिक विदा सहित भव्यरुपमा पृथ्वी जयन्ती मनाउन तीन दिन सार्वजनिक विदा दिने समेत दावी गरे । सरकारमा नगएपनि यो दिवसलाई आगामी दिनमा राष्ट्रीय पर्वको रुपमा मनाउन उनको आह्वान थियो ।


    जिल्ला अध्यक्ष विष्णु अधिकारीले अहिलेका मुख्य राजनीतिक दल र नेताहरुले विधि विधान बनाएर राज्य लुट्ने काम गरेको आरोप लगाए । वैधानिक ठगहरु हुर्किएको भन्दै बलिदान दिएकाहरु किनारमा परेको उनको भनाई थियो । उनले भने,“दारी पालेको कार्लमाक्सका फोटो टाँस्छन्, अरु साथीहरुले भारतका सामन्त गोयलको फोटोमा माला लगाउनुहोला । तपाइहरुलाई राष्ट्रप्रति कुनै चिन्ता छैन। मात्र राजनीतिक खोल ओडेर राष्ट्रदोहोन गर्न आएका सवैभन्दा ठूला राष्ट्रघाती एमाले र काँग्रेस बनेका छ ।”

    अहिले भ्रष्टचारी नेताहरुलाई सुरक्षा दिने तर देशको एकता गर्ने राष्ट्रनायक पृथ्वी नारायण शाहलाई विर्सीएको उनको भनाई थियो। अवका दिन सवै युवाहरु मिलेर राष्ट्रिय पर्वको रुपमा मनाउन दवाव दिनुपर्ने बताए । आफूले ४० वर्षदेखि राजनीति गरेको र पञ्चायतकालदेखिको इतिहास हेर्दा तत्कालिन मण्डले वरु ठिक रहेको तर अहिलेका गणतन्त्रवादी भन्ने नेताहरु भ्रष्टचारी बनेको उनले आरोप लगाए । अहिलेका नेताहरुको योगदान मान्छे मारेर कति वर्ष जेल बसे भन्नेमात्रै रहेको भन्दै अवका नागरिक सचेत हुनुपर्नेमा उनको जोड थियो ।

    कार्यक्रममा बोल्दै शाही शक्ति नेपाल पश्चिमाञ्चल संयोजक राजेश मैनालीले राष्ट्रिय एकताको सन्देश दिनेगरी सार्वजनिक विदा दिएर यसको इतिहासवारे जानकारी दिनुपर्ने भएपनि सरकारले त्यसो नगरेको भन्दै घोर आपत्ति प्रकट गरे । अवका दिन प्रधानमन्त्रीमा राजेन्द्र लिङ्देनलाई प्रस्ताव गरेर चुनावमा जानुपर्ने उनको भनाई थियो ।

    सरकारमा जान पाए राष्ट्रिय एकताको सन्देश सहित सार्वजनिक विदा दिएर दिवस मनाउने पाउने आशा उनको रहेको थियो । कार्यक्रमको सहजीकरण गरेका शाही शक्ति नेपालका  पश्चिमाञ्चल प्रवक्ता गणेश खनालले अझैपनि पुस्ता के थियो भन्नेमा देशको राजनीति अडिएको भन्दै त्यसलाई तोडेर देश र जनताको हितमा कुन पार्टी छ त्यो छनौट गर्न आग्रह गरेका थिए।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.