नवलपुर, पुस २६। नेकपा एमाले नवलपुरको आठौँ अधिवेशनले सर्वसम्मत नयाँ जिल्ला कमिटी चयन गरेको छ । अध्यक्षमा मुक्तिराम पाण्डे चयन हुनुभएको हो ।
पदाधिकारीमा गैँडाकोटबाट एक जनाले स्थान पाउनुभएको छ । उपसचिवमा यमुनाथ आचार्य चयन भएसँगै सदस्यमा पनि गैँडाकोटबाट धेरैले स्थान पाउनुभएको छ।
गैँडाकोट नगरबाट उपसचिवमा आचार्य, जिल्ला कमिटी सदस्यमा नगरप्रमुख छत्रराज पौडेल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा ज्ञानहरि पौडेल,मधुकर मल्ल, लाल बहादुर थापा, रेखा कंडेल, कौशिला पौडेल, शिबहरी पौडेल, रामुकान्त अर्याल, सुबास चापागाइ, आशिष बि.सि., तेजेन्द्र सापकोटा , कुल प्रसाद अधिकारी, हरि बराली , राधा पान्डे, छबिकला पान्डे, चक्रपाणी कंडेल, गोपाल प्रसाद गौतम, गिरिराज उपाध्याय, दिनेश राज न्यौपाने, भुमा थापा,अर्जुन थापाचयन हुनुभएको गैँडाकोट ५ का वडाअध्यक्ष नवराज कडेँलले जानकारी दिनुभयो । त्यस्तै लेखा आयोग सदस्यमा तिलक पराजुली, होम बहादुर गुरुङ ,दान वहादुर क्षेत्री र डासीराम ढकाल चयन हुनुभएकोछ ।
उप–सचिव सहित गैँडाकोटबाट एमाले नवलपुरको कमिटिमा चयन हुने नेताहरु
उप–सचिव सहित गैँडाकोटबाट एमाले नवलपुरको कमिटिमा चयन हुने नेताहरु
Advertisement
तपाईको प्रतिक्रिया



