×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

पानस र गीतानगर ब्वाइजले अंक बाँडे


  •   शुक्रबार, पुष २३, २०७८
  • चितवन – सेन्ट्रल कलेज चितवन जिल्ला लिगमा पानस युवा क्लब र गीतानगर ब्वाइजले अंक बाँडेका छन् । आज (शनिबार) भएको दोस्रो खेलमा गोलरहित बराबरी गर्दै पानस र गीतानगर ब्वाइजले एक-एक अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले प्राप्त केही अवसर सदुपयोग गर्न सकेनन् । पानसका लागि गीतानगरका गोलरक्षक अमृत गुरुङ बाधक बने ।

    Advertisement

    उनले पानसको आधा दर्जन बढी प्रहार बिफल पारे । गीतानगरको फिनिसिङ कमजोर देखियो । यससँगै गीतानगरले दुई खेलबाट एक अंक बटुलेको छ । गीतानगर यस अघि पहिलो खेलमा माडी ११ सँग ४-१ ले पराजित भएको थियो । उता पानसले एक खेलबाट एक अंक बटुलेको छ । खेलको म्यान अफ दि म्याच गीतानगरका गोलरक्षक अमृत गुरुङ घोषित भए । यस अघि आजै सम्पन्न पहिलो खेलमा यात्रा ग्रुप भरतपुर बिजयी भएको थियो । यात्राले रामपुर फुटबल क्लब रड्सलाई १-० ले पाखा लगायो ।

    यात्राको जितमा विवेक थापा मगरले गोल गरे । खेलमा रामपुरले गोल गर्ने प्रसस्तै अवसर पाए पनि सदुपयोग गर्न सकेन । यात्राका डिफेन्डर र गोलरक्षक रामपुरका लागि बाधक बने । यात्राले कमै अवसर पाए पनि प्राप्त अवसर सदुपयोग गर्‍यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा यात्राले गोल गर्न सफल भयो । खेलको ६६ औं मिनेटमा यात्राका विवेकले डि बक्स बाहिरबाट सुन्दर चिप गोल गरे । उक्त गोल नै खेलको निर्णायक गोल बन्यो । खेलको म्यान अफ दि म्याच यात्राका गोलरक्षक सौरभ कंडेल घोषित भए । उनले आधा दर्जन बढी उत्कृष्ट बचाउ गरेका थिए । जितसंगै यात्राले ३ अंक बटुल्यो । लिग अन्तर्गत शनिबार तीन खेल हुनेछ । शनिबारको पहिलो खेलमा नारायणगढ फुटबल क्लब (एनएफसी) र सौराहा युवा समाज भिड्नेछन् ।

    दुबै टोली पहिलो जितको खोजीमा हुनेछ । एनएफसी पहिलो खेलमा भरतपुर फुटबल क्लब (बीएफसी) सँग ४-० ले पराजित भएको थियो भने सौराहा नारायणी मोटर्स युनिक एफसी बसेनीसँग २-२ गोलको बराबरीमा रोकिएको थियो ।

    शनिबारको दोस्रो खेलमा केबीए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) र माडी ११ भिड्नेछन् । दुबै टोली दोस्रो जितको खोजिमा हुनेछन् । बीएफसीले पहिलो खेलमा नारायणगढ फुटबल क्लबलाई ४-० ले हराएको थियो भने माडीले गीतानगर ब्वाइजलाई ४-१ ले पराजित गरेको थियो । यो खेल दिउँसो १ बजे हुनेछ । शनिबारकै तेस्रो खेलमा सेन्ट्रल कलेज एभरेष्ट क्लब र हर्दी युवा समाज भिड्नेछन् ।

    यि दुबै टोली पनि लगातार दोस्रो जितकै खोजिमा हुनेछन् । हर्दीले पहिलो खेलमा एस्ट्रल युथ सोसाइटी चोकबजारलाई २-१ ले हराएको थियो भने एभरेष्टले नारायणी एफसीलाई ४-१ ले पराजित गरेको थियो ।

    यो खेल दिउँसो ३:३० बजे हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५-२५ हजार प्राप्त गर्नेछ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.