चितवन,पुस २३। चितवनमा वागमती प्रदेश स्तरीय फोटोग्राफी तालिम सुरु भएको छ। आज र भोलि हुने तालिम राष्ट्रिय फोटो पत्रकार समूह नेपाल वाग्मती प्रदेश कमिटीको आयोजना र चितवन जिल्लाको समन्वयमा सौराहामा सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि वागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्र वानियाले नेपालको संस्कृति र शुन्दरता विश्वमाझ परिचित गराउन फोटो पत्रकारहरूको अहम भुमिका रहेको बताए । राम्रो कार्यकालागि गठवन्धन नेतृत्वले सधै सहयोग गर्ने उनको भनाइ छ।
कार्यक्रममा वागमती प्रदेशका स्वास्थ मन्त्री निमा लामाले वागमती प्रदेश सरकारले समेत पत्रकारहरुको क्षमता बढाउन सहयोग गर्दै आएको बताउंदै फोटो मार्फत पनि सरकारको कार्य र कमजोरी अंगालिदिन आग्रह गरेका थिय । राजनीतिक परिवर्तनमा समेत फोटो पत्रकारहरुको अहम भुमिका रहेको बताए ।
फोटोपत्रकार समुह २५ वर्षे यात्रामा रहेको भन्दै धेरै पत्रकारहरुलाई फोटो पत्रकारितामा दक्ष बनाउन विभिन्न कार्यक्रम गर्दै आएको केन्द्रीय अध्यक्ष प्रदिपराज वन्तले बताए ।
पत्रकारलाई थप दक्ष र व्यवसायिक बनाउन तालिमले सहयोग पुर्याउने उनको भनाई छ।
कार्यक्रममा बोल्दै बागमतीका अध्यक्ष नारायण सिलवालले अधिकाश जिल्लामा सगठन विस्तार भईसकेको र जिल्लाका पत्रकारहरुलाई फोटो पत्रकारितामा दक्ष गराउन तालिम संचालन गर्दै जाने बताए । तर तालिमका लागि सरकारले सहयोग नगरेको भन्दै सहकार्यका लागि आग्रह समेत गरेका छन् । चांडै वागमती प्रदेशभित्रका फोटोहरु संकलन गरि पुस्तक प्रकाशन गर्ने तयारी रहेको उनले जानकारी दिए ।
कार्यक्रममा स्वागत गर्दै जिल्ला अध्यक्ष राजेन्द्र आचार्यले मोफसलका पत्रकारहरुलाई फोटो पत्रकारितामा दक्ष गराउन संगठन निर्माण गरेर तालिम संचालन गरेको बताए ।
आगामी दिनमा पनि कार्यक्रम गर्दै जाने बताउदै तालिमपछि फोटोले मूल्य प्राप्त गर्न सक्नेगरी सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
वागमती प्रदेशका सचिव राजन अधिकारीले सहजीकरण गरेका कार्यक्रममा रत्ननगर ७ का वडाअध्यक्ष लालवहादुर भट्ट, राष्ट्रिय फोटो पत्रकार समूहका सल्लाहकार नारायण सिलवाल, गिरिजा अधिकारी लगायतको सहभागिता रहेको थियो ।



