चितवन । चितवनकाे ईच्छाकामना गाउँ पालिकाका विभिन्न वडा सुन्तलाले प्रख्यात छन् । किसानहरुले व्यवसायीक रुपमा सुन्तला खेती गर्दै अाएका छन् ।
यतिवेला सुन्तला टिप्न र विक्रीका लागि किसानहरुलाई भ्याईनभ्याई छ । किसानकाे याे मेहनतलाई थप हाैसला दिंदै उत्पादन बढाउन गाउंपालिकाले सहयाेग गर्न सुरु गरेकाे छ।
गाउंपालिका अध्यक्ष गिता गुरुङले सुन्तला खेती गर्ने किसानहरुलाई एक बाेट दशकाे नाेट कार्यक्रम संचालन गरेकाे जानकारी दिईन ।
उनले किसानहरुलाई सुन्तलाका बिरुवा राेपेर बढाउन र क्षेत्रफल बढाई व्यवसायीक सुन्तला खेतीतर्फ किसानहरुलाई अाकर्षण गर्न पनि याे कार्यक्रम ल्याएकाे बताईन् । एक बाेटकाे रु १० रुपैया गाउंपालिकाले अनुदान दिन थालेकाे हाे ।
सुन्तला बारीमा पुगेर किसानहरुलाई साेधेर बाेट गन्ने र साेही अनुसार फिल्डमै नगद हस्तान्तरण गर्ने गरिएकाे गाउपालिकाले जनाएकाेछ ।




