×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

४ गोल गर्दै बीएफसीद्धारा एनएफसी पराजित


  •   बुधबार, पुष २१, २०७८
  • चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगको हेभिवेट भिडन्तमा केबीए ग्लोबल भरतपुर फुटबल क्लब (बीएफसी) ले बाजी मारेको छ । आज (बुधबार) सम्पन्न दोस्रो खेलमा बीएफसीले नारायणगढ फुटबल क्लब एनएफसीलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

    Advertisement

    सुरुवातदेखि नै एनएफसीमाथि हाबी भएको बीएफसीले पहिलो हाफमा नै ३ गोल गर्न सफल भएको थियो । अर्को एक गोल दोस्रो हाफमा सम्भव भयो । बीएफसीको जितमा राज भुसालले २ तथा प्रियस तामाङ र असिम गुरुङले समान १–१ गोल गरे ।

    खेलको आठौं मिनेटमा प्रियसले गोल गर्दै बीएफसीलाई सुरुवाती अग्रता दिलाएका थिए । १६ औं मिनेटमा राजले बीएफसीलाई दोहोरो अग्रता दिलाए । ३१ औं मिनेटमा राजले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा नै बीएफसीले ३–० को अग्रता लियो ।

    दोस्रो हाफमा बीएफसीले थप एक गोल गर्‍यो । खेलको ७५औं मिनेटमा असिमले राजको पासमा गोल गर्दै बीएफसीलाई ४–० को फराकिलो जित दिलाए । खेलको म्यान अफ दि म्याच दुई गोल गर्न सफल बीएफसीका राज भुसाल घोषित भए ।

    जितसंगै बीएफसी ३ अंकसहित समूह एुको शिर्ष स्थानमा उक्लिएको छ । समान अंक भए पनि माडी ११ गोल आधारमा दोस्रो स्थानमा छ ।

    यसअघि आजै सम्पन्न पहिलो खेलमा माडीले गीतानगर ब्वाइजलाई ४(१ ले पराजित गरेको थियो । माडीको जितमा सुमन महतोले दुई तथा किशोर चौधरी र विशाल सुनारले समान एक(एक गोल गरे । गीतानगरका सोमकुमार श्रेष्ठले एक गोल फर्काए । खेलको पहिलो हाफमा गीतामगरविरुद्ध माडी हाबी भएको थियो ।

    पहिलो हाफको अतिरिक्त समयमा माडीले गोल गर्दै अग्रता लियो । माडीका सुमन महतोले सुन्दर गोल गर्दै पहिलो हाफमा अग्रता दिलाए । त्यस अघि पहिलो हाफमै माडीले गोल गर्ने केही अवसर खेर फाल्यो । गीतानगरले पनि पहिलो हाफमा केहि अवसर खेर फालेको थियो ।

    पहिलो हाफमा १-० ले पछि परेको गीतानगरले दोस्रो हाफमा लयमा फर्कियो । खेलको ४८औं मिनेटमा गीतानगरका सोम बहादुर श्रेष्ठले रिबाउन्डमा गोल गर्दै खेलमा बराबरी गरे ।

    अन्तिम १५ मिनेटमा गीतानगरविरुद्ध माडी फेरि हाबी भयो । खेलको ६७ औं मिनेटमा माडीले अग्रता लियो । माडीका सुमन महतोले व्यक्तिगत दोस्रो गोल गर्दै माडीलाई २-१ को अग्रता दिलाए ।

    गीतानगरविरुद्ध लगातार आक्रमण गरेको माडीले ७१ औं मिनेटमा अग्रता लम्बायो । ७१ औं मिनेटमा किशोर चौधरीले गोल गर्दै माडीलाई ३–१ को अग्रता दिलाए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका विशाल सुनारले दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा गोल गर्दै माडीलाई ४–१ को सहज जित दिलाए ।

    खेलको म्यान अफ दि म्याच माडीका लागि दुई गोल गरेका किशोर महतो घोषित भए ।

    लिगमा बिहीबार पनि दुई खेल हुँदैछ। बिहीबारको पहिलो खेलमा एस्ट्रोल युथ सोसाइटी र हर्दी युवा समाज भिड्नेछन् । यो खेल दिउँसो १ बजे हुनेछ । यस्तै बिहीबार दिउँसो ३ः३० बजे एभरेष्ट क्लब र नारायणी फुटबल क्लबबीच खेल हुनेछ।

     

    चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् ।

    लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५÷२५ बजार प्राप्त गर्नेछ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.