×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

लिटरको २० रुपैयाँसम्म दुधको मूल्य बढाउन चितवनका किसानहरुको माग


  •   आइतबार, पुष १८, २०७८
  • चितवन । तीन वर्षदेखि दुधको मूल्य नवढेको भन्दै चितवनका किसानहरुले मूल्य बढाउन माग गरेका छन् । प्राय सवै उपभोग्य वस्तुको मूल्य वर्षैपिच्चे बढीरहदा पनि दुधको मूल्य वृद्धि नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले आज भरतपुरमा आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा ११ बुँदे माग समेत पेश गरिएको छ ।
    बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाईसँग तत्काल दुधको मूल्य प्रति लिटर १५ देखि २० रुपैयां बृद्दि गर्न माग गरेका हुन् ।
    मूल्य बढाउन आग्रह सहित किसानहरुले कृषकहरुलाई वर्गीकरण गरी कृषक परिचय पत्र वितरण गर्नुपर्ने, कृषकलाई परिचय पत्रको आधारमा हस्पिटलमा उपचारमा छुटको व्यवस्था हुनुपर्ने, व्यवसायिक कृषक तथा सहकारी लाई बोर्डले पुरस्कारको व्यवस्था गर्नु पर्ने,भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पशु एम्बुलेन्सको व्यवस्था हुनुपर्ने लगायतका माग राखेका छन् ।

    Advertisement

    कार्यक्रममा बोल्दै मन्त्री हुमागाइले प्रदेश सरकार किसानमैत्री रहेको र किसानकै हितका लागि ५१ बुँदे योजना सहित अघि बढेको बताउनुभयो । चितवनमा पशुको उपचारका लागि एम्वुलेन्स उपलब्ध गराउने र सम्भव भएसम्म वडातहमै पशुको उपचारका लागि स्वास्थ्य केन्द्र स्थापना गर्ने बताउनुभएको छ । आफू पनि किसानको पृष्ठभूमिबाट आएको भन्दै किसानकै हितमा काम गर्ने उहाँको भनाई थियो ।

    कार्यक्रममा मन्त्रालयका सचिव डा. शरण पाण्डेले विगतका कर्मचारीले के गरे गरेनन् भन्दापनि आफूले किसानको हितमा सकेको काम गर्ने बताउनुभयो । चाँडै ऐन नियम बनाउने र उत्पादनको आधारमा अनुदान दिने कुरालाई जोड दिएको उहाँको भनाई छ ।

    चितवनमा हाल ६३९ दुग्ध उत्पादक किसान छन् भने ११७ वटा सहकारी संस्थाहरु रहेको संघका अध्यक्ष रत्नमणी न्यौपानले बताउनुभयो ।
    दुधालु गाई र भैसी संख्या ६८ हजार ६११ छ । जसबाट दैनिक ३ लाख १५ हजार लिटर दुग्ध चितवनमा उत्पादन हुने गरेको र उत्पादीत दुध मध्य ४३% दुध बाहिरी जिल्लाहरुमा पठाउँदै आएको सचिव किशोर वगालेको भनाई थियो।

    तर सरकारले किसानहरुको माग सम्वोधन नगरिदिँदा व्यवसायबाट पलायन हुने खतरा बढेको उहाँहरुको भनाई थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.