×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

पोल्ट्री दिवसमा विरामीहरुलाई अण्डा वितरण


  •   शनिबार, पुष १७, २०७८
  • चितवन । नवौँ राष्ट्रिय पोल्ट्री दिवसको अवसर पारेर चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालका बिरामीलाई पौष १५ गते अण्डा वितरण गरिएकोछ ।

    Advertisement

    नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा दुवै अस्पतालमा गरी करिब दुई हजार ८०० गोटा अण्डा वितरण गरिएको हो । मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले प्रोटिनका कारण कुपोषण हुने भएकाले अण्डा खाएमा कुपोषणबाट बच्न सकिन्छ भन्ने सन्देश दिन अण्डा वितरण गरिएको बताउनुभयो । जनस्वास्थ्यलाई ख्याल गर्दै अण्डा खानुपर्छ भन्ने बानीको विकास गराउन प्रत्येक वर्ष पोल्ट्री दिवसमा अण्डा वितरण गरिँदै आएको लामिछानेको भनाई छ ।
    अण्डा वितरण कार्यक्रममा भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले प्रोटिन, कार्बोहाइड्रेट र फ्याट शरिरलाई नभै नहुने तत्वहरु भएको बताउनुभयो । पौडेलले शरिरलाई आवश्यक पर्ने प्रोटिनको मात्रा अण्डाबाट सहज र सर्वसुलभ मूल्यमा पाइने भएकाले सबै प्रकारका बिरामीले अण्डा खानुपर्ने बताउनुभयो । बढ्दै गरेको बच्चा, गर्भवती र बिरामीलाई अत्यधिक मात्रामा प्रोटिन चाहिने भएकाले अण्डाको सेवन प्रभावकारी हुने पौडेलले बताउनुभयो ।

    अण्डा वितरण कार्यक्रममा नेपाल पोल्ट्री व्यवसायी मञ्चका उपाध्यक्ष डा रेवन्तकुमार भट्टराईले कुखुराको मासु र कुखुराजन्य पदार्थको सेवनबाट मानव स्वास्थ्यलाई राम्रो बनाउन सकिने बताउनुभयो । “बालबालिकाको वृत्ति विकास, मस्तिष्क विकास र वृद्धहरुको स्मरणशक्ति विकासका लागि अण्डामा पाइने तत्वले एकदमै राम्रो मद्दत गर्छ” भट्टराईले भन्नुभयो, “नियमित रुपमा अण्डा सेवन गर्ने मानिस स्वस्थ हुने बताउनुभयो । विकसित देशहरुमा प्रतिव्यक्ति वार्षिक ३८० वटासम्म अण्डा सेवन गर्नेगरेका भए पनि नेपालमा भने ६० वटा अण्डा मात्रै सेवन गरिने गरेको बताउनुभयो ।

    कुखुराको मासु र कुखुराको अण्डाको महत्वबारेमा जानकारी दिँदै पुस १७ गते पोल्ट्री दिवस मनाउने तय भएको नेपाल कुखुरा व्यवसायी मञ्चका महासचिव रामलाल भुसालले बताउनुभयो । भुसालकाअनुसार शनिबार पोल्ट्री दिवसको अवसर पारेर भरतपुरमा गोष्ठी गरिँदैछ । सो गोष्टीमा पोल्ट्री क्षेत्रसँग सम्बन्धित नीति नियमबारे सरकारी कर्मचारीको कार्यपत्र, अण्डा र मासुमा पाइने पोषण तत्वबारे चिकित्सकबाट कार्यपत्र, कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक र निजी क्षेत्रबाट गरी चार वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको भुसालले बताउनुभयो ।

    अण्डा वितरण कार्यक्रममा विपी काइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम, नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेल, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, नेपाल कुखुरा व्यवसायी मञ्चका कोषाध्यक्ष एवं नेपाल कुखुरा बजार व्यवस्थापन संघका अध्यक्ष कृष्णहरि लोहनी, चितवन नवलपुर दाना वितरक संघका अध्यक्ष तेजनारायण पाण्डे, महासचिव नेत्रनारायण आचार्य, कुखुरा व्यवसायी संघ पूर्वी चितवनका अध्यक्ष हरिकृष्ण खनाल, नेपाल कुखुरा व्यवसायी मञ्चका सदस्यहरु मदन चिरञ्जीवि पोखरेल, रामकुमार चौहान, विष्णुहरि पोखरेल, दीपेन्द्र श्रेष्ठ, पोल्ट्री सप्लायर्स कल्याणकारी संघका वरिष्ठ उपाध्यक्ष लीला कुँवर, सचिव तुलसी सुवेदी, सदस्य गणेश सुवेदी, भीमकुमार श्रेष्ठ, चितवन नवलपुर दाना वितरक संघका सदस्य उमेश अधिकारी, कुखुरा व्यवसायी संघ पूर्वी चितवनका निवर्तमान अध्यक्ष भीमनारायण श्रेष्ठ, नेपाल पोल्ट्री महासंघका कार्यालय प्रमुख शिव बराललगायतको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.