×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नवलपुरमा प्रभावकारी वन्दै मतदाता नामावली दर्ता अभियानः पञ्चायतदेखिका हुलाकीले दर्ता गराए आफ्नो नाम


  •   बिहिबार, पुष १५, २०७८
  • डोलराज रानाभाट

    Advertisement

    नवलपुर (कावासोती) । नवलपुर जिल्लामा अहिले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने अभियान जारी छ । जिल्लामा रहेका आठ स्थानीय तहमध्ये चार वटा स्थानीय तहमा यो अभियान सकिएको छ तर गैँडाकोट, देवचुली र मध्यविन्दुमा भने अभियान जारी छ । यो अभियान पुष १९ गते सम्म जारी रहन्छ ।

    बुलिङ्टार,बौदिकाली,हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा भने मंसिर १७ देखि पुष २ सम्म १५ दिन संचालन भएको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माले जानकारी दिए ।

    अभियान सकिएका गाउँपालिकाका नागरिक जसको दर्ता छैन उनीहरुभने जिल्ला प्रशासन कार्यालय नवलपुरमा रहेको केन्द्रमा आएर मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको भीड बढेको छ । यही भीडमा देखिए ८५ वर्षीय रण सिँह गाहा मगर ।

    हुप्सेकोट गाउँपालिका  चारघरेका (नागरिकता अनुसार तत्कालिन देउराली ७ हाल हुप्सेकोट ९) उनलाई आफ्नो माइलो नाती मित्रवहादुर गाहाले नाम दर्ता गराउन ल्याएका थिए । सधैँ खाली खुट्टा हिँड्ने उनी शीरमा ढाका टोपी कहिल्यै छुटाउँदैनन् । वर्ष ८५ पुगेपनि उनको नियमित दैनिकी भने सामान्य मानिसहरुको भन्दा कम छैन। फोटो खिचाउदै गरेका हजुरवालाई देखाउँदै नातीले भने,“पञ्चायतकालका हुलाकी हुनुहुन्छ । तर कसरी छुट्नुभयो कसरी ? अहिले नाम दर्ता गराउन ल्याएको हो ।”

    बुढ्यौली लागेर आँखा भित्र पसेका छन् । हात दरा छन् । वाक्लो छाला पनि । घाँस,दाउरा गाई गोठ सिँहार्न अझैपनि उत्तीकै सक्रिय उनको फोटो सहितको मतदाता नामावलीमा दर्ता गराउँदा डिजिटलले लिन समेत कठिन मानिरहेको थियो । गिरुवारीमा एक पटक भोट हालेको अनुभव मात्रै छ उनीसँग । तर फोटो सहितको मतदाता नामावली हुनुपर्ने नियमपछि भने उनी बञ्चित हुँदै आएका रहेछन् ।

    यो उमेरमा पनि आफूले निर्वाचित गराई योग्य उम्मेदवार छान्ने हुटहुटीमा उनमा अझै छ । खुशी हुँदै भने,“फोटो सहितको नामावलीपूर्वको निर्वाचनमा भोट त हालेँ तर त्यसपछिका निर्वाचनमा भने बञ्चित भइरहेँ । अव दर्ता गरेँ खुसी छु । भोट हाल्न पाउने भएँ ।”गाउँपालिकामा केन्द्र गराएर दर्ता अभियान हुँदा उनले भने सकिने दिन मात्रै थाहापाएपछि दर्ताका लागि जिल्लामै आएका थिए ।

    जिल्ला निर्वाचन कार्यालय नवलपुरले प्रशासन कार्यालय परिसरबाटै नियमित रुपमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने सेवा दिइरहेको छ । १० बजेदेखि नै प्रशासन भीड सुरु हुन्छ । त्यो सँगै उक्त केन्द्रमा पनि । नियमित सेवा लिन आउने भन्दा अहिले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न आउनेहरुको भिड अझ बढेको बताउँछिन् दर्ता कर्मचारी रन्जु पाण्डे ।

    पाण्डेका अनुसार प्रशासनमा आएर भर्खरै नागरिकता बनाउने देखि नागरकता बनाएर पनि फोटो सहितको मतदाता नामावलीमा दर्ता नगराएकाहरुले दर्ता गराइरहेका छन् ।

    १६ वर्षदेखिका नागरिकहरुको नामावली प्रविष्ट गरिने तर १८ वर्ष उमेर पुगेका नागरिकले मात्रै मत हाल्न पाउने उनले बताइन् । अहिले प्रशासनमा रहेको केन्द्रबाट १६ देखि ९९ वर्षसम्मका नागरिकको नाम दर्ता गराएको अनुभव रन्जुसँग छ । उनको अनुभवमा मतदाता शिक्षाको कमी नागरिकमा रहेको छ ।

    अभियान चल्दा मात्रै हुलका हुल आउने अन्य समयपनि आयोगले दर्ताको काम जिल्लामा गरिरहदा प्राय सुनसान जस्तै हुने उनी बताउँछिन् । उनी भन्छिन्,“चेतना भएको भए वर्षभरीनै दर्ता गराउन मिल्छ तर अन्तिम अवस्थामा मात्रै भीड किन हुन्थ्यो र ? भोलि सकिदै छ भनेपछि गाडीका गाडी मानिसहरु ल्याउनुहुन्छ । चारतर्फीबाट गाडीका गाडी ल्याउँछन् । एउटा पालिकाबाट त पाँच वटा गाडीमा समेत नागरिकहरुलाई ल्याउनुभएको थियो ।”

    पण्डेले अघिपछि पनि नेतृत्व गर्नेहरुले नागरिकलाई सचेत गराउनुपर्ने बताइन् । अन्तिम समय त्यसरी ल्याउँदा नागरिक लामो समय लाइनमा बस्नुपर्ने,कर्मचारीलाइ समेत कठिन हुने गरेको उनको भोगाई छ । विशेषगरी वडाअध्यक्षहरुले बुझ्नुपर्ने उनको भनाई छ ।

    दर्ताकै क्रममा कतिपय यसअघि मतदाताको कार्ड भइसकेकालाई समेत जिल्ला पठाइदिने गरेको पाइएको पाण्डेले बताइन् । जसका कारण नागरिकले त दुख पाए पाए, दर्ता गराउनेको भीडले सेवामा समेत ढिलो हुने गरेको छ ।

    अहिले प्रशासनबाट दैनिक ५० देखि १०० जना सम्मको दर्ता भइरहेको छ । फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन नागरिकले सक्कली नागरिकता,नागरिकताको फोटोकपी,विवाह गरेर आएको हकमा विवाह दर्ताको प्रमाणपत्र, बसाइसराई गरेर आएको हकमा बसाइसराइको प्रमाणपत्र आवश्यक पर्दछ । ती कागजात सहित आएका नागरिकको सफ्टवेयरमा आधा फोटो, चारवटा औँलाको फिङ्गर स्क्यान गरी दर्ता गर्ने गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.