नवलपुरासी । पिकअप भ्यानले ठक्कर दिँदा पश्चिम नवलपरासीमा एकजना महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेमवहादुर शाहीका अनुसार आज दिउँसो करिव १२ ४५ बजे बर्दघाट नगरपालिका ८ भौताहा भानुनगरको भित्री सडक खण्डमा पिकअप भ्यानले ठक्कर दिएको हो । ठक्कर दिँदा सोही ठाउँकी ५१ वर्षीय सपना कुँवरको मृत्यु भएको हो ।
उत्तरबाट दक्षिणबाट तर्फ जादै गरेको बा ७ च ४९९ नम्बरको पिकअपले पैदल यात्री कुवरलाई ठक्कर दिदा घाइते भई उपचारको लागि लुम्बिनी सिटी अस्पताल बुटवल लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
ठक्कर दिने पिकअप र पिकअप चालक नवलपरासी रामग्राम नगरपालिका २ परासी बस्ने बर्ष २५ का सन्तोष कुमार भरलाई ईलाका प्रहरी कार्यालय बर्दघाटले नियन्त्रणमा लिएको छ ।
Advertisement



