×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

श्रमिक महिलाका समस्या सम्बोधन गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता


  •   मङ्गलबार, पुष १३, २०७८
  •  काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिक महिलाका समस्या सम्वोधन गर्न सरकार गम्भीर रहेको बताएका छन् ।
    पछिल्लो समय रोजगारीका विभिन्न क्षेत्रमा महिलाको सहभागिता बढे पनि अनौपचारिक, निजी तथा स्वरोजगारमा रहेका श्रमिक महिलाको अवस्था जोखिमयुक्त रहेकोले सरकारले उनिहरुको समस्या सम्वोधन गर्ने मन्त्री श्रेष्ठले बताए । श्रमिक महिलाका समस्या सम्बोधनका लागि ज्ञापनपत्र बुझाउन मन्त्रालय गएका संयुक्त ट्रेड युनियन समन्वय केन्द्र अन्तर्गत महिला समितिका पदाधिकारीहरुसँग मन्त्री श्रेष्ठले श्रमिक महिलाको हक सुनिश्चित गरी उनीहरूका संवेदनशील सवाललाई अविलम्ब सम्बोधन गर्ने प्रतिवद्धता जनाए।

    Advertisement

    समितिका सदस्यहरुले औपचारिक, अनौपचारिक तथा सार्वजनिक क्षेत्रमा कार्यरत महिलाहरु शारिरिक तथा मानसिक हिंसाका कारण रोजगारीको हक तथा मर्यादित जीवनयापनको अधिकारबाट बञ्चित भएको बताए। कोभिड महामारीका कारण औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरु बढि प्रभावित भएको उनीहरुको भनाइ थियो । मन्त्री श्रेष्ठले हरेक व्यक्तिले विना भेदभाव समान कार्यका लागि समान पारिश्रमिक पाउने संवैधानिक अधिकार रहेको बताउँदै श्रम गर्न पाउनु र श्रमको उचित मूल्य दाबी गर्नु मानवअधिकारको बिषय भएको बताए ।

    संविधानले लैंगिक समानताको पक्षमा उत्कृष्ट व्यवस्था गरेको भएपनि व्यवहारमा विभेद कायम रहेको महिला अधिकारकर्मीहरुको भनाइ थियो । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका पदाधिकारीहरुले हिंसा र दुर्व्यवहार सम्वन्धी आइएलओ महासन्धिलाई सरकारले अवलम्वन गर्नुपर्ने, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन, २०७१ पुर्ण कार्यन्वयन गर्नुपर्ने माग गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.