×
बुधबार, बैशाख ०२, २०८३
☰
बुधबार, बैशाख ०२, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

सांस्कृतिक प्रतियोगिता सहित चितवनमा तमू ल्होसार पर्व मनाइने


  •   मङ्गलबार, पुष १३, २०७८
  • चितवन। सांस्कृतिक प्रतियोगिता सहित यो वर्षको तमू ल्होसार भव्यताका साथ मनाइने भएको छ । कोरोना महामारीका कारण गत वर्ष स्थगित पर्व यो पटक भव्यरुपमा मनाउन १४ वटा उपसमिति बनाएर तयारी तीव्र पारिएको छ । विगतमा २४,२५ वटा उपसमिति बनाएर पुष १३ देखिनै विभिन्न कार्यक्रमगरी मनाउदै आएपनि कोभिड महामारीको जोखिमले यस पटक पुष १५ गते मात्रै पर्व मनाइने आयोजक तमू ह्युल  छोँज् धीँ गुरुङ राष्ट्रिय परिषदले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

    Advertisement

    यो पटक गुरुङ समुदायको भाषा, संस्कृति र संस्कारको संरक्षण गर्न तमू ल्होसार पर्व मनाइने भएको हो । भरतपुरको महावौद्द गुम्बा तीनखोले भरतपुरमा उक्त पर्व मनाइने परिषदका अध्यक्ष एवम तमू ल्होसार पर्व मूल समारोह समिति २०७८ का अध्यक्ष गणेश बहादुर गुरुङले जानकारी दिए।

    यो वर्ष सांस्कृतिक प्रतियोगिता सहित मनाउने गरी तयारी तीव्र पारिएको उनको भनाई छ । गुरुङ जातीको नयाँ वर्ष समेत सुरु भई गाई वर्गको विदाई र बाघ वर्गको स्वागत गर्ने भएकाले कार्यक्रम भव्य हुने  साथै गुरुङ भाषा भेषभुषा सहितको सांस्कृतिक प्रतियोगिता राखिएको गुरुङले बताए ।

    चितवन जिल्लाभरका गरी करिव १५ समूहको प्रतियोगितामा सहभागीता हुने र अहिले सम्म १० समूहले नाम दर्ता गराइसकेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्धितीय हुनेलाई ७ हजार, तृतीय हुनेलाइ ५ हजार र सान्तवता हुने दुइ समूहलाई २/२ हजारका दरले पुरस्कृति गरीने गुरुङले जानकारी दिए ।

    प्रतियोगितामा गुरुङ समुदायको भेषभुषा,भाषा, शब्द आदिलाई प्राथमिकतामा राखेर निर्णायकहरुले दिएको नम्वरका आधारमा विजेता छनौट गरिनेछ । त्यस्तै जयबुद्ध अस्पतालको सहयोगमा निशुल्क स्वास्थ्य परीक्षण समेत गरिने आयोजकले जानकारी दिएको छ । साथै सोही दिन जयवुद्ध अस्पतालको सहयोगमा निशुल्क स्वास्थ्य परीक्षण, छेलो फ्याँक्ने,रस्साकस्सी,घैँटो फुटाई प्रतियोगिता समेत आयोजना गरिएको आयोजकले जनाएको छ। तयारीस्वरुप गुम्बामा सजिसजावट र लुङ्दा टाँग्ने कार्य समेत गरिनेछ ।

    सो अवसरमा विभिन्न राजनीतिक दलको नेतृत्व तहमा गुरुङ समुदायबाट पुग्नुभएका व्यक्तिहरुलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको सचिव भैँखु गुरुङले जानकारी दिनुभयो। कार्यक्रम सम्पन्न गर्न १ लाख ४३ लाख रुपैया लाग्ने अनुमान गरिएको छ । कार्यक्रमको बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गर्ने तय भएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.