चितवन । चितवनको चर्चित एवम देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहाका २१ वटा होटल तथा रेष्टुरेण्टहरुले स्तरीकरणको प्रमाणपत्र पाएका छन् । सौराहाका ७ वटा होटलले उत्तम (ख श्रेणी), ८ वटा होटलले सन्तोषजनक (ग श्रेणी) र ६ वटा होटलले सामान्य (घ श्रेणी)को प्रमाणपत्र प्राप्त गरेका हुन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय चितवनले खाद्य स्वच्छताको आधारमा प्रमाणपत्र प्रदान गरेको हो । खाद्य पदार्थमा स्वच्छता, हामी सवैको प्रतिवद्धता भन्ने मुल नाराको साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले सौराहाका ३१ वटा होटल तथा रेष्टुरेण्टको अनुगमन गरि स्तरीकरण गरेको कार्यालय प्रमुख घननाथ अधिकारीले जानकारी दिनुभयो ।
अनुगमन गरिएको होटलहरु मध्ये २१ वटा होटलहरुले मात्रै विभिन्न तहका प्रमाणपत्र पाएको र अनुगमन गरिएका वाँकी होटलहरुलाई सुधारिन १५ दिनको समय दिइएको छ ।



