नवलपरासी । पश्चिम नवलपरासीमा लागु औषध सहित तीन जना पक्राउ परेका छन् । पौष ९ गते लागु औषध सहित पाल्हिनन्दन गाउँपालिका ३ कुस्माबाट अब्दुल रहेमान, विवेक पाण्डे र सुनवल नगरपालिका १ सोमनाथ बस्ने कृष्ण बहादुर पाण्डे लाई पक्राउ गरिएको हो ।
उनीहरुलाई शंका लागि चेकजाँच गर्दा साथबाट स्पास्मो १७४ क्याप्सुल, नाईट्रोभेट १९ ट्याब्लेट र कोडिन ३ बोतल लागु औषध फेला परेको प्रहरीले जानकारी दिएको छ ।
तीन जनालाइनै पक्राउ गरीएको र उनीहरुबिरुद्ध आज लागुऔषध मुद्धामा मुद्धा दर्ता गरी लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान कार्य भैरहेको सूचना अधिकारी डिएसपी प्रेमवहादुर शाहीले जानकारी दिएका छन् ।
Advertisement



