×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

३५ बर्षदेखि फरार अभियुक्त पक्राउ


  •   आइतबार, पुष ११, २०७८
  • नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पश्चिम० ले ३५ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट मंसिर २८ गतेदेखि हासम्म बिभिन्न मुद्धाका ९० जना फरार अभियुक्तहरु पक्राउ परिसकेका छन् ।

    Advertisement

    प्रहरीले आज ३५ बर्षदेखि फरार रहेका १ जना सहित १० जना अभियुक्त पक्राउ गरेको हो । सूचना अधिकारी डिएसपी प्रेमवहादुर शाहीका अनुसार नवलपरासी जिल्ला अदालतबाट २०४३ सालदेखि २०६९ सालसम्मका बिभिन्न मितिमा फैसला गरी कैद तथा जरिवाना तोकिई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका लागु औषध मुद्धाका १ जना, वन मुद्धाका १ जना, गाली बेईजती मुद्धाका १ जना, अंशवण्डा मुद्धाका १ जना, जालसाजी मुद्धाका १ जना, नागरीकता मुद्धाका १ जना, हक कायम मुद्धाका २ जना, गौबध मुद्धाका १ जना र कर्तव्य ज्यान मुद्धाका १ जना गरी कूल १० जना फरार अभियुक्तहरु बिभिन्न स्थानबाट पक्राउ परेका हुन् ।

    प्रहरीका अनुसार उनीहरुलाई जिल्लाको सरावल गाँउपालिका क्षेत्रबाट ४ जना, बर्दघाट नगरपालिका क्षेत्रबाट ५ जना र प्रतापपुर गाँउपालिका क्षेत्रबाट १ जना लाइ पक्राउ गरिएको हो । आज पक्राउ पर्नेमा २०४३ सालदेखि फरार रहेका १ जना वन मुद्धाका फरार अभियुक्त पनि छन्, उनलाई तत्काल सम्मानित नवलपरासी जिल्ला अदालतबाट १ हजार १ सय ६ रुपैयाँ जरीवाना तोकिएको छ ।

    अदालतको लगत अनुसार प्रक्राउ पर्नेमा अधिकतम सजाय लागु औषध मुद्धाका १ जना अभियुक्तको १ बर्ष कैद र १ हजार रुपैयाँ जरीवाना तोकिएको छ भने अन्य ९ जना अभियुक्तहरुको कसुर अनुसार ५० रुयैयाँ देखि २० हजार रुयैयाँ सम्म जरीवाना तोकिएको छ । पक्राउ परेका १० जना अभियुक्तहरुको एकमुष्ट जम्मा सजाय १ बर्ष कैद र २९ हजार २ सय ३७ रुपैयाँ जरिवाना रहेको छ । पक्राउ गरीएका सबै १० जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि आजै नवलपरासी जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट लगत अनुसारको कारबाही भएको उनले बताए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.