×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

आजदेखि प्रथम नवलपुर खाना महोत्सव


  •   बिहिबार, पुष ०८, २०७८
  • नवलपुर । आजदेखि पूर्वी नवलपरासीको कावासोतीमा प्रथम नवलपुर खाना महोत्वस सुरु हुँदैछ । कोभिड महामारीको करिव २ वर्षको चपेटामा परेका व्यवसायीहरुको सक्रियतामा महोत्सव हुन लागेको हो ।

    Advertisement

    प्रथम बृहत खाना,पर्यटन,सांस्कृतिक तथा व्यापारिक महोत्सव २०७८ नाम दिएर सुरु हुन लागेको महोत्सवको तयारी पूरा भएको आयोजक संस्था नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोष रानाले जानकारी दिए। रानाका अनुसार नवलपुरको समृद्धिको आधार यहाँको संस्कृति र पर्यटन भएको बताए । नवलपुर समृद्धिको मुख्य आधार,संस्कृति संरक्षण तथा पर्यटन विकासमा पूर्वाधार नारा दिएर पहिलो पटक महोत्सव गर्न लागिएको हो ।

    आजदेखि पुस १७ गतेसम्म चल्ने महोत्सव प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गर्ने भनिएपनि अन्ततः मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दिउसो १२ बजे उद्घाटन गर्ने तालिका रहेको व्यवस्थापक सुदर्शन खनालले जानकारी दिए । खाना र पर्यटनलाई मुख्य केन्द्रमा राखेर सुरु हुने महोत्सव उद्घाटन पूर्व विहान १० बजेदेखि थकाली चोकबाट महोत्सव स्थलसम्म कलश यात्रा समेत निकालिने छ ।

    महोत्सवमा १ सय ५० वटा स्टल रहने छ । त्यहाँ थारु, मगर, नेवार, थकाली लगायतका विभिन्न जनजातिको परम्परागत संस्कृति झल्कने घरहरुको साथै खानाका परिकारहरु पाइनेछन् ।

    त्यस्तै जंगल सफारी, घोडा सफारी, नारायणी नदीमा डुंगा सयर, प्याराग्लाइीङ मुख्य आकर्षकको केन्द्र रहेका छन् भने नवलपुरकै अग्लो डाँडा देवचुली र बरचुलीको संकेतिक स्तुपका साथै व्यापारिक स्टलहरु पनि रहेन रानाले बताए ।


    महोत्सवमा दैनिक राष्ट्रियकलाकारहरुको समेत प्रस्तुती रहनेछ । महोत्सव कावासोती फलफूल चोक दुवोर्ग ग्राउण्डमा हुनेछ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.