चितवन, पुस ६ । हत्या गरेको आरोपमा चितवनबाट एकजनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय गितानगरका अनुसार भरतपुर महानगरपालिका ६ अमरबस्ती बस्ने वर्ष २५ का साजन महतो रहेका छन् । उनी मृतक २२ वर्षीय अम्बिका महतोको श्रीमान रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पुष ५ गते राति अम्बिका महतो आफै लडेर घाइते भएको भन्दै पुष ६ गते विहान आफन्तले भरतपुर अस्पतालमा उपचार का लागि लगेका थिए । तर अस्पताल पुग्नु अघिनै उनको मृत्यु भएको चिकित्सकले घोषणा गरे ।
मृतकको शरिरमा लागेको घाउचोट, घटना स्थलको प्रकृती हेर्दा अस्वभाविक लागेपछि अम्बिका आफै लडेर नभएको र कसैले कुटपिट गरेको अनुमान प्रहरीले गर्यो । त्यसपछि अनुसन्धान गर्ने क्रममा अम्बिकाको श्रीमान वर्ष २५ को साजनले कुटपिट गरी हत्या गरेको खुल्न आएका र घटनापछि घर छोडेर फरार रहेको प्रहरीले पत्ता निज साजन महतो लाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाईएको थियो ।
चितवन जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा म्याद थप समेत भई अनुसन्धान प्रकृया अगाडी बढाईएको गितानगर प्रहरीले जानकारी दिएको छ ।



