×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

पूर्व युवराज्ञी हिमानी पौष ७ गते गैँडाकोट आउने, ३७० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिने


  •   सोमबार, पुष ०५, २०७८
  • चितवन, पुष ५ । हिमानी कोषले नवलपुरको गैँडाकोटका अपाङ्गता भएका तथा गरिव विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने भएको छ। कोषको नवलपुर शाखाले आज गैँडाकोटको होटल मुनस्टारमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

    Advertisement

    पूर्व युवराज्ञी एवम् कोषकी अध्यक्ष हिमानी राज्यलक्ष्मी शाहको उपस्थितीमा यही पौष ७ गते मध्यान्न १२ बजेदेखि विद्यार्थीहरुलाई न्यानो कपडा,विद्यालय झोला र पानी शुद्ध गराउने फिल्टर वितरण गरिने कार्यक्रमका संयोजक सरोज कडेँलले जानकारी दिए।

    उनका अनुसार गैँडाकोट नगरपालिकाका ८ वटा विद्यालयबाट छनौट भएका ३७०  जना विद्यार्थीहरुलाई गैँडाकोट १ मा रहेको आदर्श शमसेर माध्यामिक विद्यालयमा दिउसो १२ बजेदेखि हिमानीको उपस्थितीमा ती सामाग्री वितरण गरिने छ । उनले भने,“कोषको उद्देश्यनै शिक्षा र स्वास्थ्यमा सवल गराउनु रहेको छ । त्यसैले विद्यालयका प्रधानाध्यापकसँग सहकार्य गरेर हामीले अपाङ्गता भएका तथा गरिव विपन्न विद्यार्थीहरु छनौट गरेका हौँ ।”

    छनौट भएकामध्ये २७ जना अपाङ्गता भएका विद्यार्थीहरु छन् । कडेँलका अनुसार छनौट भएका विद्यालयहरुमा पन्चकन्या आधारभुत विद्यालय गैडाकोट ३ का २० जना, नवदुर्गा आधारभूत विद्यालय गैडाकोट १ धारापानीबाट ७० जना, कार्यक्रम हुने नेपाल राष्ट्रिय शमशेर आधारभुत विद्यालय गैँडाकोट १ बाट १२ जना सुस्तमनस्थिती भएका विद्यार्थी सहित ५७ जना जना, महेन्द्र स्मारक आधारभुत विद्यालय गैडाकोट २ बाट ४५ जना, मौलादेवी आधारभुत विद्यालय गैँडाकोट ३ हर्दीबाट ५० जना, भाग्यदोय आधारभुत विद्यालय गैडाकोट ६ बाट २५ जना, नारायणी मावि गैडाकोट ७ बाट ८२ जना र अपांग जीवन विकास संस्था गैँडाकोट १ धारापानीबाट १५ जना विद्यार्थीलाई छनौट गरिएको छ । हर्दी,केलादीबाट पढ्न आउने तथा दराई,माझी वस्तीका विद्यार्थीहरुलाई बढी प्राथमिकतामा राखेको आयोजकले जानकारी दिएको छ ।

    साथै सोही दिन कोटाबाट स्थानीयहरु आउने र एम्बुलेन्स खरिद सम्वन्धी छलफल हुने आयोजकले जनाएको छ भने सप्तऋषि भारद्धाजको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ । हिमानी कोषले कहिल्यै पनि नगदमा नभई जिन्सीमा सहयोग गर्दै आइरहेको छ।

    २०६७ सालमा स्थापना भएको कोषले ७७ जिल्लामा भोलेन्टीएर बनाएर शाखा विस्तार गर्ने लक्ष्य लिएपनि हालसम्म करिव ५ वटा जिल्लामा मात्रै विस्तार भएको छ । नवलपुरमा मात्रै ४० जना भोलेन्टीएर सक्रिय रहेका छन् ।

    कोषका लागि रोयल परिवारबाट सहयोग आउनुका साथै अमेरिका अष्ट्रेलियामा पनि शाखा विस्तार भइसकेको र त्यहाँबाट समेत सहयोग आउने कडेँलको भनाई थियो ।
    २०६७ सालमा स्थापना भएको कोषले नवलपुरमा गत वर्षमात्रै शाखा विस्तार गरेको हो । गत वर्षपनि जिल्लाका विभिन्न १० वटा विद्यालयमा सहयोग गरेको कडेँलको भनाई थियो । गैरनाफामूलक र गैरराजनीतिक संस्था भएकाले विशुद्ध समाजसेवमा केन्द्रीत भएर उक्त कार्यक्रम गरिने उनको भनाई थियो ।

    पत्रकार सम्मेलनमा कोषका नवलपुर जिल्ला उप–संयोजक केश वहादुर गुरुङ, कुमार वाग्ले, सन्तोष अधिकारी ,राम प्रसाद गैरे,मोहनविक्रम शाह, जीवलाल पुरी,सप्तऋषि भारद्धाज आश्रमका काशिनाथ कडेँल लगायतको सहभागीता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.