×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

कांग्रेसको १४औँ महाधिवेशन : खसेको ४६७९ मतमा १०० गन्दा देउवाको अग्रता


  •   मङ्गलबार, मङि्सर २८, २०७८
  • काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत अहिले मत गणना सुरु भएको छ । ४ हजार ७४३ मतदाता रहेपनि ४ हजार ६७९ मत खसेको छ । पहिलो १०० मत गनेर सक्दा सभापतिका उम्मेदवार शेरवहादुर देउवाले अग्रता लिएका छन् । उनले ५० मत, डा शेखर कोइरालाले ३४ मत, विमलेन्द्र निधिले ११, प्रकाशमान सिँहले ३ र कल्याण गुरुङले १ मत ल्याएका छन् ।
    सुरुमा सभापति पदको मत गणना सुरू गरिएको हो । राति १ बजेबाट सुरु हुने भनिए पनि बिहान चार बजेपछिमात्रै मत गन्न सुरू भएको थियो ।
    नेपाली काँग्रेसका अनुसार ४ हजार ७४३ मतदाता रहको भएपनि ४६७९ मत खसेको छ । सोमबार भएको मतदानमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित ६४ जना मतदाता अनुपस्थित भएका छन् । सोमवार बिहान ११ बजेपछि सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्न भएको हो । निर्वाचन समितिले भृकुटीमण्डप र राष्ट्रिय सभागृहस्थल गरी दुई स्थानमा मतदानको व्यवस्था मिलाएको थियो ।
    कांग्रेसको सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा.शेखर कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, उप–सभापति विमलेन्द्र निधि र कल्याण गुरुङ चुनावी मैदानमा छन् ।
    अन्य पदका उम्मेदवारको मतपत्र पेटीका पार्टी केन्द्रीय कार्यालय सानेपामा लगिएको छ । सभापतिका उम्मेदवारले यदि पहिलो चरणमा ५१ प्रतिशत मत नल्याए पुनः मतदान सुरु हुनेछ । पहिलो चरणमा धेरै मत ल्याउने शीर्ष दुई उम्मेदवार दोस्रो चरणमा भिड्नेछन ।
    कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ ।

    Advertisement

    शीर्षस्थ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । तर प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ ।
    १४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् । यही टिमले आगामी तीन तहका निर्वाचनमा कांग्रेसको नेतृत्व गर्नेछ भने पाँच वर्षसम्म नेपाली राजनीतिलाई प्रभावित गर्नेछ ।

    प्रविधिको प्रयोग गर्दै आएको काँग्रेसले मतदान भने पाँच सय लिटरका पानी ट्याङ्कीमा खसालेको थियो । फेसबुक पेज लगायत विकसीत प्रविधि प्रयोग गर्दै आएको काँग्रेसले विद्युतीय मतदान मेशीनको विकास भइसक्दा पनि पुरानो तरिका अपनाएको भन्दै आलोचना समेत हुँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.